×

NMB BANK
NIC ASIA

सरकारी प्रतिबन्धपछि अवैध मोबाइल सेटको आयात बढ्योः एशोसिएसन

भदौ ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनले मोबाइल सेटको आयात तत्काल खोल्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइलको आयात तत्काल खोल्न माग गरेका हुन् । 

Muktinath Bank

बिहीवार ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टम’को शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताएका हुन् । उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताए । उनले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस शुरु भएकाले आजदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोनहरू बन्द हुने बताए । उनले सरकारले मोबाइल सेटको आयात बन्द गर्दा अवैध आयात बढेको बताए । उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने बताए । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष मलहोत्राले नेपालमा आयात गरिएकामध्ये ३० प्रतिशतभन्दा धेरै मोबाइल सेट अवैध भएको बताए । उनले सरकारले महँगो मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा अवैध तरिकाले मोबाइल सेट भित्रिरहेको बताए । उनले प्रतिवर्ष नेपालमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल सेट आयात हुने जानकारी दिए ।  

Vianet communication
Laxmi Bank

सरकारले मोबाइल सेटको आयातमा २५ प्रतिशत कर लिने गरेको छ । तर, मोबाइल सेट आयातमा प्रतिबन्ध लगाउँदा वार्षिक रुपमा ७ अर्ब भन्दा बढी राजस्व गुमिरहेको अध्यक्ष मलहोत्राको दाबी छ । उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दासमेत व्यवसायीहरूको कुरा नसुनेको गुनासो गरे । अध्यक्ष मलहोत्राले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरूले एक दिन दीपावली मनाउने घोषणा गरे । उनले मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस लागू हुनु मोबाइल व्यवसायीहरूको जित भएको बताए । 

सरकारले ३०० डलरभन्दा बढी मूल्यको मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x