११ असार २०८३, बिहीबार

सरकारी प्रतिबन्धपछि अवैध मोबाइल सेटको आयात बढ्योः एशोसिएसन

सरकारी प्रतिबन्धपछि अवैध मोबाइल सेटको आयात बढ्योः एशोसिएसन

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनले मोबाइल सेटको आयात तत्काल खोल्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइलको आयात तत्काल खोल्न माग गरेका हुन् । 

बिहीवार ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टम’को शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताएका हुन् । उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताए । उनले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताए । 

उनले लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस शुरु भएकाले आजदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोनहरू बन्द हुने बताए । उनले सरकारले मोबाइल सेटको आयात बन्द गर्दा अवैध आयात बढेको बताए । उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने बताए । 

अध्यक्ष मलहोत्राले नेपालमा आयात गरिएकामध्ये ३० प्रतिशतभन्दा धेरै मोबाइल सेट अवैध भएको बताए । उनले सरकारले महँगो मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा अवैध तरिकाले मोबाइल सेट भित्रिरहेको बताए । उनले प्रतिवर्ष नेपालमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल सेट आयात हुने जानकारी दिए ।  

सरकारले मोबाइल सेटको आयातमा २५ प्रतिशत कर लिने गरेको छ । तर, मोबाइल सेट आयातमा प्रतिबन्ध लगाउँदा वार्षिक रुपमा ७ अर्ब भन्दा बढी राजस्व गुमिरहेको अध्यक्ष मलहोत्राको दाबी छ । उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दासमेत व्यवसायीहरूको कुरा नसुनेको गुनासो गरे । अध्यक्ष मलहोत्राले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरूले एक दिन दीपावली मनाउने घोषणा गरे । उनले मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस लागू हुनु मोबाइल व्यवसायीहरूको जित भएको बताए । 

सरकारले ३०० डलरभन्दा बढी मूल्यको मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्