२० असार २०८३, शनिबार

शान्ति समाजद्वारा १५ स्रष्टा सम्मान पुरस्कार घोषणा

शान्ति समाजद्वारा १५ स्रष्टा सम्मान पुरस्कार घोषणा

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

वर्ष २०७९ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाडौं), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, त्रिभुवनचन्द्र वाग्ले, (तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सीमा आभास (ओखलढुंगा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।  

यसैगरी पद्यप्रसाद दाहाल स्रष्टा सौगात, अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात, उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात, शशीकला मानन्धर (काठमाडौं), भुमीप्रसाद बराल स्रष्टा सौगात, गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात, गंगा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात, हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), श्रीनारायण दाहाल स्रष्टा सौगात, मनमाया विश्वकर्मा (भोजपुर) लार्ई प्रदान गर्ने निर्णय गरिएको छ ।

सात प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गरेका छन् भने संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्बुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनिय योगदान गरेका छन् । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरी रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने समाजका सभापति गोविन्द खनालले  जानकारी दिए । 

एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानको रूपमा अघि बढाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्