११ असार २०८३, बिहीबार

खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’ बाट सम्मानित

खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’ बाट सम्मानित

खल्ती डिजिटल वालेट ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड’बाट मलेशियामा पुरस्कृत भएको छ । 

नेपालबाट क्यान महासंघलगायत विश्वका विभिन्न ८० देशका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि संस्थाहरू सदस्य रहेको विट्साले मलेशियाको पेनाङमा भइरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ को दोस्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोबल आइसिटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरूमार्फत नामांकनका निम्ति आह्वान गरेको थियो । पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालबाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरूमध्ये ३ विधाका निम्ति सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका विभिन्न ५ वटा कम्पनी छनोट गरी पठाइएको थियो । जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रा.लि.) विश्वभरवाट प्राप्त सयौं नामांकनहरूमध्येबाट डिजिटल अपर्चुनिटी/ईन्क्लुजन विधामा पुरस्कृत भएको हो ।

सन् २०१७ को क्यान इन्फोटेकमा सूचना प्रविधिमार्फत वित्तमा पहुँच भन्ने मुख्य उद्देश्यसहित शुरु गरिएको खल्ती डिजिटल वालेटले आफ्नो उद्देश्य पूर्तिका निम्ति ‘स्मार्ट छोरी’ अभियानमार्फत १० हजारभन्दा बढी महिलाहरूलाई वित्तीय साक्षरता प्रदान गरेको थियो । त्यस्तै ७२० वटा महिलाहरूद्वारा प्रबद्र्धित साना तथा मझौला उद्योगहरूलाई तालिम प्रदान गरेको थियो । 

स्थापनाको ५ वर्षको छोटो अवधिमा आफूसँग ५० हजारभन्दा बढी एजेन्ट नेटवर्क रहेको एवं २० लाखभन्दा बढी प्रयोगकर्ताले आफ्नो सेवा प्रयोग गरेको खल्तीले जनाएको छ । यो अवधिमा ६० हजारभन्दा बढ साना तथा मझौला उद्योगहरूलाई समेत आफ्नो सेवा मार्फत ब्यवसाय वृद्धि गर्न सहयोग गरेको खल्तीले यो अवधिमा विभिन्न सम्मानसमेत प्राप्त गरेको छ । 

खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुरस्कार ग्रहणका निम्ति पेनाङमा उपस्थित थिए । खल्तीले क्यान महासंघ पुरस्कृत खल्ती डिजिटल वालेटका साथै नेपालबाट नामांकित सबैलाई बधाइ ज्ञापन गरेकाे छ । खल्तीले सूचना तथा सञ्चार प्रविधि उद्यमसम्बन्धी नीतिहरूलाई बढावा दिन नेपाल सरकार तथा सबै राजनैतिक दलहरूलाई अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्