१६ असार २०८३, मंगलबार

‘कालो केशमा रेलिमई’ गायक दिनेशले ल्याए दशैं गीत

‘कालो केशमा रेलिमई’ गायक दिनेशले ल्याए दशैं गीत

गायक एवं सर्जक दिनेश ढकालले दशैं गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो दोस्रो गीतस्वरुप ‘आइपुगेँ नेपाल’ बोलको दशैं गीत ल्याएका हुन् ।

गतवर्ष उनले सार्वजनिक गरेको ‘कालो केशमा रेलिमई’ गीतलाई स्रोता–दर्शकले औधी रुचाएका थिए । आफ्नै शब्द, संगीत एवं स्वरमा सार्वजनिक ‘कालो केशमा रेलिमई’ उनको पहिलो गीत थियो । उक्त गीत सार्वजनिक भएको एकवर्षपछि दिनेशले दोस्रो गीत ल्याएका हुन् । 

दशैं गीत ‘आइपुगेँ नेपाल’को शब्द प्रगति देवकोटा न्यौपानेले लेखेकी हुन् । दिनेशको संगीत एवं स्वर रहेको गीतका संगीत संयोजक कुशल सिंह हुन् । 

मानव सुवेदीको छायाँकन एवं निर्देशन रहेको भिडियोमा राजन न्यौपाने र पूजा काफ्ले फिचर्ड छन् । गायक ढकाल स्वयं पनि भिडियोमा प्रस्तुत छन् । सुरेश कुमार राउतको सम्पादनपछि ओएसआर डिजिटलको अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरिएको छ । गायक एवं सर्जक दिनेशले केही दिनमै अर्को गीत पनि सार्वजनिक गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्