पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला ।
आफ्नो जीवनका २१ वर्ष प्रसिद्ध फूटबल क्लब बार्सिलोनासँग बिताएका मेस्सीले जब बिदाइका क्रममा आफ्ना दौंतरी र लाखौं प्रशंसकमाझ उभिएर बर्बरी आँसु झारे । छेउमै उभिएकी उनकी श्रीमतीले आँसु पुछ्न टिस्युहरू दिइन् मेस्सीले आँसु पुछे । संकलन गरिएका तिनै टिस्युको मूल्य १० लाख डलर भयो ।
एउटा क्लब परिवर्तन गर्दा झरेका आँसुको मूल्य १० लाख डलर भयो भने एकछिन कल्पना गर्नुस्, अस्पतालको बेडबाट उनले जीवनसाथी, प्रिय सन्तान, सहकर्मी र प्रशंसकहरूका लागि भावुक भएर आँसु झार्दै म मेरो जीवनको अन्तिम घडीमा तपाईंहरूलाई सम्झिरहेछु भन्ने अवस्था आयो भने ती आँसुको मोल कति होला ?
यति भूमिका बाँधेपछि म तपाईंहरूलाई मैले भन्न खोजेको विषयवस्तुतिर लैजान चाहन्छु । यतिबेला म मेरो गृहजिल्ला अछाममा गएको पहिरोमा पुरिएकाहरूको सम्झनामा छु । जसले अकालमा आफ्नो ज्यान गुमाए ।
२ वर्षदेखि ४५ वर्ष उमेर समूहका ती बालबालिका, महिला र प्रौढहरू अब हामी अछामीहरूमाझ रहेनन् । जसलाई हामीले माटोमुनिबाट मृत अवस्थामा बाहिर निकाल्यौं । सर्वप्रथम उनीहरूप्रति भावपूर्ण श्रद्धासुमन ।
मलाई थाहा छ, मेरो श्रद्धासुमनले चितामा लाशहरू पोलिने छैनन्, यो केवल औपचारिक कर्मकाण्ड हो । लाश पोल्न र चिता पन्छाउन गाउँलेहरूले नै आवश्यक वस्तुको जोहो गर्नेछन्, मैले केवल फेसबूकको भित्ता रंग्याएको छु । मैले आफैँसामु निरीहता प्रकट गर्नुबाहेक विकल्प दिन सक्ने अवस्था देखिनँ ।
तपाईंहरूले आफ्नै आँखाले देख्नुभएको छ, शोकाकुल परिवार, छरछिमेक र स्थानीय मानिसहरू शोकको आहालमा छन् । उनीहरूका आँसुहरू पहिरो आउनुपूर्वको वर्षाझैं छन् ।
घटनास्थल पुग्ने हरेक मानिसको आँखा ओभानो छैन र सामाजिक सञ्जालमा त्यो दृष्यलाई गम्भीरतापूर्वक हेर्ने भावुक मानिसहरूको आँखा पनि रसाएकै हुनुपर्छ ।
तर ती आँसुको कुनै ठोस मूल्य छैन । जसरी मेस्सीको भावुक पल र एक थोपा आँसुको मूल्य लाखौं डलर हुन्छ, त्यसैगरि संसारका लाखौं–करोडौं मानिसहरूको आँसुको ठोस मूल्य एक डलर पनि हुँदैन ।
प्राकृतिक प्रकोपद्वारा मृत्यु भएका मानिसहरूको सम्झना कहिल्यै इतिहास बन्दैन । मात्र यस्तो भावुक क्षणमा अखबारका हेडलाइनहरू बिक्रीका लागि तयार पारिन्छन् । त्यस्ता समाचारलाई सनसनीपूर्ण बनाइन्छ । अपडेटको होडबाजी चल्छ, तर त्यसको पछाडिको कारण र पृष्ठभूमितिर अखबार र च्यानलहरू कहिल्यै जाँदैनन् ।
महारानी एलिजाबेथको मृत्युको समाचारलाई अन्तर्राष्ट्रिय मिडियाहरूले एक साता कभरेज गरे । संसारका अधिकांश मानिसहरू, जसले जीवनभरी एलिजाबेथको नाम सुनेनन् । तिनलाई पनि उनको मृत्यु, उनको बाल्यकाल, रुचि, स्वभाव, आनिबानी र सुनौला अक्षरले लेखिएका बुट्टेदार हेडलाइन अनि बेजोड कल्पनाशक्ति र निकै शिल्पी शैलीका अक्षरहरूको सिलसिलेवार सामग्री पढ्न बाध्य पारियो ।
महारानी एलिजाबेथको मृत्युमा बीबीसी जस्ता अन्य प्रतिष्ठित पश्चिमा मिडियाका सम्पादकहरूको आँसु अखबारका प्रत्येक हरफ र च्यानलका स्क्रिप्टहरूमा महसूस हुनेगरी देख्न सकिन्थ्यो । उनको गौरवगाथाको कहानी पढ्दा लाग्थ्यो यो सिंगो युग महारानीकै विवेक र प्रभावमा टिकेको थियो । अब त्यस्तै कुनै अर्को प्रभावशाली व्यक्तिको खोजी गर्नुछ ।
मेरो आशय मेस्सीको आँसु र एलिजाबेथको मृत्युबारे कुनै कडा टिप्पणी गर्नु होइन मात्रै वर्ग विभेद, असमानता र दृष्टिकोणको उजागर गर्नु हो । जब आँधीले समुन्द्र किनारका हजारौं मानिसहरू मारिन्छन् । अर्थशास्त्रीहरूले शोकमा डुब्नुभन्दा मृतकहरूको शवमा चढाउन फूलहरूको व्यापार गर भन्ने उपदेश दिएको कुरा मिडिया हेडलाइनको प्राथमिकतामा पर्छन् ।
सयौं–हजारौ मानिसहरूको मृत्युलाई सामान्यीकरण गर्न स्पिच थेरापिष्टहरूको विज्ञतालाई साहारा बनाइन्छ । तर शासकहरूको मृत्युमा संसारलाई शोक मनाउन बाध्य पार्ने सन्देश पनि तिनै मिडियाहरूले प्रकाशन प्रसारण गर्छन् । वर्ग विभेदको उत्कृष्ट नमूना यही हो ।
मलाई माफ गर्नुस्, म यस दुःखको घडीमा तपाईंहरूको सहयात्री बन्न सकिनँ । पहिरोमा परेका घाइतेहरूको उद्धार गरिएको छ । म उद्धार कार्यमा सहभागी हुन सकिनँ । आफू सहभागी हुन नसके पनि उद्धारमा खटिएका स्थानीय सामाजिक अगुवा, प्रहरी प्रशासन र नेपाली सेनालगायत सबैमा हार्दिक धन्यवाद ।
तपाईंहरूले आफ्नो मानवीय दायित्व र धर्म निर्वाह गर्न पाउनुभयो । यसले तपाईंहरूप्रतिको सामाजिक विश्वास र भरोसा बढाएको छ । उद्धारका क्रममा पहिरोबाट निकालिएका घाइतेहरू जो उपचारका क्रममा छन्, उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना । मृतकका आफन्तजन, शोकाकुल घर परिवार र घटनाद्वारा स्तब्ध सबै जिल्लावासीहरूमा गहिरो हार्दिक समवेदना ।
हरेक असामयिक निधनका पछि कुनै न कुनै कारण र पृष्ठभूमि हुन्छ । त्यो अछाममा पहिरोमा पुरिएर मृत्यु भएकाहरूको हकमा पनि छ । अब प्रश्न आउँछ, के उनीहरूको अन्तिम बिदाइ केवल आकस्मिक प्राकृतिक प्रकोपले निम्त्याएको अकाल मात्र हो ? होइन । प्रकृतिको अनिवार्य नियम मात्र हो ? होइन । उनीहरूको भाग्यको नियति मात्र हो ? त्यति मात्रै पनि होइन ।
त्यसो भए के चाहिँ हो त ? त्यो मानिसहरूको असमानजनक नियतको कठोर हिस्सा हो । पहरामुनिको भिरालो जमिन आफैंमा जोखिमपूर्ण हो । तर उनीहरूले त्यही भिरालो जमिनका टुक्राहरूको स्वामित्व लिएर बस्नुपर्यो । उनीहरूको भागमा त्यही थमाइयो । जमिनमाथि बलशालीहरूको स्वामित्व स्थापित र त्यसैको अनवरत निरन्तरताका कारण उनीहरूले अर्को राम्रो र सुरक्षित जमिनमा आफ्नो हक स्थापित गर्ने आँट गर्न सकेनन् ।
तपाईंहरूलाई लाग्न सक्छ यो बसाइँसराइको उत्कर्षको युग हो । मानिस सुविधाका लागि संसारको जुनसुकै कुनामा पुगेको छ । ती मानिसहरू किन जोखिम मोलेर त्यही भिरालो पखेरोमा बसिरहे ? तर त्यसका लागि पनि मानिसलाई सामान्य आर्थिक परिवेश र चेतना जरुरी छ । अछामका ती विकट बस्तीहरूमा बस्ने हाम्रा प्रियजनहरूसँग त्यो अवस्था थिएन । त्यसकारण उनीहरू पुर्खाले जीवन गुजारेको त्यही भूमिमा रहन बाध्य भए ।
जतिसुकै असुविधा र विकट भएपनि हरेक मानिसका लागि आफू जन्मेको माटोमा एक प्रकारको बिछट्टै सुगन्धको आभाष हुन्छ नै त्यसले पनि केही काम गर्यो होला, तर ज्ञान र शिक्षाले इमोसनल अट्याचमेन्टलाई महत्त्व दिँदैन । मानिसको गरीबीले विवेकभन्दा भावनालाई महत्त्व दिन्छ । त्यसका केही प्रभावहरू त्यहाँ पनि हुन सक्छन् । अब मान्नुस्, त्यस अकालको पहिलो कारण आर्थिक विपन्नता र चेतनाको अभाव हो । त्यो विश्वव्यापी आर्थिक असमानताको एउटा सानो अंश हो ।
तपाईंलाई लाग्न सक्छ, पहिरोले पुरिएका मानिसहरू र विपन्नता एवं आर्थिक असमानताबीच के साइनो–सम्बन्ध छ र ? एकछिन फ्ल्यास ब्याकमा गएर २१ औं शताब्दीमा मानिसहरूको अन्तरिक्ष महत्त्वाकांक्षा र पृथ्वीको जोखिमपूर्ण भागमा बसोबास गर्नैपर्ने बाध्यतालाई तुलना गरेर हेर्नुस्, वास्तवमा त्यहाँ निकै गहिरो सम्बन्ध छ ।
शायद तपाईंहरूमध्ये केहीलाई थाह नहुन पनि सक्छ, एलन मस्कलगायतका कतिपय अर्बपतिहरू अहिलेको पुस्तालाई पृथ्वीको हरियालीमा जन्मने, खेल्ने र हुर्कने अनि मंगलको खैरो माटोमा गएर मृत्युवरण गर्ने सपना देखाइरहेका छन् र कल्पनाको त्यस दिशामा मानिसले सम्भवतः चाँडै सफलता हात पार्न पनि सक्छन् ।
यही धर्तीमा एउटा सम्भ्रान्त सोच छ, पृथ्वीमा ब्रेक फास्ट, चन्द्रमा पुगेर लन्च अनि मंगलमा डिनरसहित स्वर्गीय आनन्दको जीवन जिउनुपर्छ भन्ने । त्यो कल्पना मात्रै होइन त्यस्तो कल्पनालाई वास्तविकतामा बदल्न संसारका थुप्रै विज्ञान प्रविधि क्षेत्रका मानिसहरूले थट प्रोसेसमा काम गरिरहेकै छन् ।
यही पृथ्वीको एउटा कुनामा हामी छौं, जहाँ सुरक्षित आवासका लागि नमूना बस्तीका लागि सम्भव उपाय देख्दैनौं । अछामको पहिरोमा पुरिएका बस्तीहरू कुनै टाइटानिक जहाज झैं निमेषभरमै अलप भएका होइनन् र ती कहिल्यै पूर्वानुमान नगरिएका आकस्मिक दुर्घटनाका शिकार पनि होइनन् । बाध्यताले जीवन गुजाराका लागि सम्भावित जोखिमलाई नजरअन्दाज गरी यथास्थानमा रहेका अझै कैयौं बस्तीहरू बाँकी छन्, जो अर्को कुनै कालखण्डमा यही र यस्तै अवस्थाको चरणबाट गुज्रनेछन् ।
पहिरोमा पुरिएका घर परिवारबारे उद्धार तथा राहतको तयारी गरिरहँदा राज्यले त्यस्ता सम्भावित जोखिमका बस्तीहरूलाई स्थानान्तरणको लागि शीघ्र पहल शुरू गर्नैपर्छ । पहिरोमा पुरिने भनेको कुनै हवाइजहाज, पानीजहाज दुर्घटनाजस्तो आकस्मिक विषय होइन । यो पहिले नै थाहा हुने भएकाले नागरिकहरूको सुरक्षामा संवेदनशीलता अपनाउँदा उनीहरूको जीउधनको सुरक्षा सुनिश्चितता अपनाउन सकिन्छ ।
असोज १ गतेको बिहान अछामका विभिन्न ठाउँमा बाढी पहिरोका कारण जनधनको क्षतिको खबरहरू सामाजिक सञ्जाल हुँदै अनलाइन समाचार, रेडियो र टेलिभिजनको पर्दामा देखापरे । घटनास्थलमा प्रहरी प्रशासन, सामाजिक कार्यकर्ता र स्थानीय बासिन्दाहरू पुगेपछि पहिरोले पुरिएका लाश र बेपत्ताहरूको खोजी कार्य संगै घाइतेहरूको उद्धार शुरू भयो । दर्जनौंको मृत्यु, दर्जनौं घाइते र कैयौं घरहरू पहिरोले पुरिएका दर्दनाक तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भए ।
ती सबै दृष्य हेर्दै बस्नुबाहेक हामीसँग समाधानको बाटो दिने हैसियत भएन । शायद जीवनभरी एकपटक हवाइजहाज चढ्ने सपना देखेका उनीहरूको शव हेर्न मात्रै हेलिकप्टर घटनास्थल पुग्यो ।
हामीले बाँचेकाहरूलाई केही राहतका लागि राज्य संयन्त्र गुहारौंला, तर त्यस्तै जोखिमका बस्तीहरूलाई सुरक्षित राख्ने पूर्व उपाय अपनाउने छैनौं । यही हाम्रो अव्यवस्थित र संकुचित सोचको सबैभन्दा गतिलो प्रमाण हो । देशभरका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने एउटा निकाय गठन गरौं र त्यसमा तुरुन्त काम गरौं । त्यो नै नागरिकप्रतिको वास्तविक संवेदनशीलता, जिम्मेवारी र कर्तव्य हुनेछ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...