१४ असार २०८३, आइतबार

मनमोहक सुगन्धसहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

मनमोहक सुगन्धसहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजिङले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा खैरो रंगका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रतिप्याक बिक्री मूल्य रु.१०० कायम गरेको छ । 

यस अगरबत्तीमा फूलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितीय अनुभव प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । यस अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी साथमा मंगलदीप ब्राण्डको छबि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।

दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । पुष्पाञ्जली अगरबत्तीका प्रिमियम सुगन्धले मन आनन्दित बनाई परमात्माको ध्यानमा दत्त चित्त भई लाग्न उत्प्रेरित गर्ने कम्पनीले जनाएको छ । यस अगरबत्तीको सुगन्धले सम्पूर्ण घरलाई नै पावन बनाउने र आफ्नो हरेक विहानी पुष्पाञ्जली प्रिमियम अगरबत्तीको थप सुगन्ध प्रयोग गरी आफ्नो दैनिकी लाई सुमधुर बनाउने कम्पनीले जनाएको छ । 

यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेयालगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्