०३ असार २०८३, बुधबार

इन्स्टाग्राममा फोटो पोस्ट गर्ने युवतीलाई ६ वर्षको जेल सजाय !

इन्स्टाग्राममा फोटो पोस्ट गर्ने युवतीलाई ६ वर्षको जेल सजाय !

इन्स्टाग्राममा फोटो शेयर गरेको कारण १८ वर्षीय एक युवती कानूनी फन्दामा परेकी छन् । अब उनलाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने चर्चा चल्न थालेको छ । इन्स्टाग्राममा फोटो पोस्ट गरेकी युवतीको घरमा सरकारी अधिकारीहरूसमेत पुगेका छन् । उनीहरूले ती युवतीलाई आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । 

घटना रुसको हो । रुसकी एक प्रसिद्ध ‘ब्युटी इन्फ्लुयेन्सर’ भेरोनिका लोगिनाभालाई सरकारी अधिकारीहरूले घरमै पुगेर जेल सजाय हुनसक्ने जानकारी गराएका हुन् । सरकारी चेतावनीका बाबजुद उनले आफूले इन्स्टाग्राम चलाउन नछाड्ने अठोट गरेकी छन् । 

भेरोनिकामाथि प्रहरीले इन्स्टाग्राममा सौन्दर्य र फेसनसम्बन्धी एकाण्ट चलाएर आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । इन्स्टाग्राममा उनका ५ लाख ८४ हजार फलोअर्स रहेका छन् । उनले पोस्टमा लेखेकी छन्, ‘यो रुसमा जो कोहीलाई पनि हुन सक्छ । कुनै पनि दिन अभियोजकहरू तपाईंको घरमा पुग्न सक्छन् । म राजनीतिबाट टाढिएँ । तर, अब मलाई इन्स्टाग्राम चलाएकोमा ६ वर्ष जेल सजाय हुनसक्छ ।’

भेरोनिकामाथि आतंकवादी भएको आरोप लगाइएको छ । किनभने उनको हर्कतका कारण अन्य व्यक्ति पनि फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न आकर्षित हुनसक्छन् ।  

मार्च २०२२ मा रुसले पश्चिमी सामाजिक सञ्जालमा कारबाहीको नाममा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो । फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटामाथि रुसले ‘चरमपन्थी’को आरोप लगाएको छ । आफ्ना सैनिकविरुद्धका अभिव्यक्ति रोक्न मेटाले कुनै पहल नगरेको भन्दै रुसले प्रतिबन्ध लगाएको हो । 

फेसबुक र इन्स्टाग्राम प्रतिबन्धलगत्तै रुसले इन्स्टाग्रामको नेटिभ संस्करण लञ्च गरेको थियो । यसको नाम ‘रोसग्राम’ राखिएको छ । रिपार्टहरूले भने रुसी राष्ट्रपति पुटिनका नजिकका साथीहरू र उनका धेरै परिवारहरूले अझै पनि इन्स्टाग्राम चलाइरहेको दाबी गरेका छन् । रुसमा भीपीएन प्रयोग गरेर इन्स्टाग्राममा पोष्ट गर्न सक्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्