×

NMB BANK
NIC ASIA

‘इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड’

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन । 

Sagarmatha Cement
Muktinath Bank

सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारी धनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नु परिरहेको छ’ पौडेलले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाइ छ । 
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमापनि उतिकै ध्यान दिनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । 
‘नेपालको भौगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ता खालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ ।  

Vianet communication
Laxmi Bank

नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालिन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागिपनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तबरबाटै काम हुनपर्ने धारण व्यक्त गरिन् । 
त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्कीले नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताए । 

उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ । 
सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभीमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ । 

आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार व्यक्त गरे । 
नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा ह्याट्रिक उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।
नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारलेपनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए । 

त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभीमा रुचि राख्ने  सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए । 
ईभी चौतारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतीको बिषय रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ६, २०८०

​बीवाईडीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले प्रतिक्षित गाडी बीवाईडी सील नेपाल भित्र्याएको छ।​ विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबीसहित कम्पनीले सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतीकका साथ बीवाईडी सी...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x