
डेंगु रोकथाम तथा नियन्त्रणका लागि व्यास नगरपालिकाद्वारा शनिवार आयोजित ‘खोज र नष्ट गर्न अभियान’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित एक मोटरसाइकल वर्कशपमा टायरमा जम्मा भएको पानी फाल्दै नगर प्रमुख वैकुण्ठ न्यौपाने लगायत ।
नगरपालिकाले डेंगु नियन्त्रणका लागि प्रत्येक शनिवार १० बजे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस