
यस वर्षको दशैंमा काठमाडौंका लागि दार्चुलाबाट केही संख्यामा च्यांग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्यांग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्यामा च्यांग्रा ल्याउन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकोमा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्यांग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए । कम्पनीले ती च्यांग्रा जिउँदो प्रतिकिलो रु १ हजार १५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । रासस