२६ असार २०८३, शुक्रबार

डेंगुबाट २९ जना मृत्यु, ७६ जिल्लामा फैलियो संक्रमण

डेंगुबाट २९ जना मृत्यु, ७६ जिल्लामा फैलियो संक्रमण

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगुको संक्रमण शनिवारसम्म ७६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिवार सार्वजनिक गरेको बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको उल्लेख गरिएको छ । 

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्