२२ असार २०८३, सोमबार

शिशिर योगी र कोमल वलीको आवाजमा ‘जननेता मदन भण्डारी’ सार्वजनिक

शिशिर योगी र कोमल वलीको आवाजमा ‘जननेता मदन भण्डारी’ सार्वजनिक

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । 

गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर, बुद्धिमान परियारको शब्द तथा शिव गौतमको संगीत सुन्न सकिन्छ । स्व. भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गीतमा गरिएको छ । शिव गौतम र जसबहादुर याक्खाको निर्देशनमा तयार भिडियोमा कलाकार सुमन कार्कीले स्व. भण्डारीको अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईंले विद्यादेवी भण्डारीको भूमिका निर्वाह गरेकी छन् । 

भिडियोमा विशेष गरेर भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुंगेसाँघुस्थित रहेको उनको जन्मघर र पछि बसाइँ सरी आएको मोरङको उर्लावारीलगायतका स्थान समेटिएको छ । 

गीतको भिडियोमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू देवराज घिमिरे, गुरु बराल, मैवाखोला गाउँपालिकाका पूर्वपालिका अध्यक्ष राजन थत्लुङको शुभकामना सन्देशसमेत समेटिएको छ । 

डिलाइट क्रिएशन कम्पनीमार्फत संचालिन ‘नेपाल विशेष’को अफिसियल यू–ट्युव च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई दिपेन बस्न्यात, रेशम दर्लामी मगर र गोविन्द घिमिरेले छायांकन गरेका हुन् । गीतको भिडियोलाई दिपेन बस्न्यात स्वयंले सम्पादन गरेका हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्