
नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ ।
कम्पनीका अनुसार दशैंको अवसरमा धेरैजना सडकमाध्यमबाट निजी सवारी साधनमा घर फर्कने गरेकाले सो यात्रा आरामदायी बनाउन महत्त्वपूर्ण ठाउँहरू पहिचान गरी क्याम्प आयोजना गर्न लागिएको हो । मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिनेछ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मको उत्पादन उपलब्ध गराउँछ ।