२४ असार २०८३, बुधबार

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा  १० प्रतिशत क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा  १० प्रतिशत क्यास ब्याक अफर

माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । 

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो  । 

यो अफर यहि असोज ८ गतेदेखि  असोज १४ गतेसम्मका लागि लागु रहने छ ।  

जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार  गर्दा एक पटकमा १० प्रतिशत वा  अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्नुेछन् । साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्