२६ असार २०८३, शुक्रबार

मंगलदीप पूजा अगरबत्तीले ल्यायो 'फेस्टिभ प्याक'

मंगलदीप पूजा अगरबत्तीले ल्यायो 'फेस्टिभ प्याक'

सूर्य नेपाल प्रालिले चाड दशैं, तिहार तथा छठलाई  लक्षित गरेर आफ्नो उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न 'फेष्टिभ प्याकहरू' बजारमा सार्वजनिक गरेको छ ।  

यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले  जनाएको छ । 

यी फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध छन्।  

साथै साविकभन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दन तथा लाभेण्डर+ चन्दन (२ ष्ल १)  अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

यी सबै उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्