×

NMB BANK
NIC ASIA

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे । उनलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ । 

Muktinath Bank

उनले भने, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन् । दसैँको समयमा रातो र कमेरो माटोले सजिएका घर खोज्न गाउँ नै पस्नुपर्छ । त्यो पनि न्यून भेटिन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दसैँ भन्ने वित्तिकै पिङको सम्झना आउँछ । पिङमा पनि रोटे, जाते र लिङ्गे । विशेष गरी लिङ्गे पिङ वरपिपलको चौतारामा राखिन्न्थ्यो । पिङ खेल्न वल्लो–पल्लो गाउँका बालबालिकादेखि तन्नेरी आउँथे । पालो पाउनै गाह्रो हुन्थ्यो । तर अहिले सडक निर्माणको नाममा चौतारा मासिनुको साथै पिङ लोप हुने अवस्थामा पुगिसकेको गुनासो छ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद गुरागाईंको । “अधिकांश गाउँलाई सडक सञ्जालले छोएको छ । सडक निर्माणको क्रममा सार्वजनिक स्थानमा रहेका चौतारा मासिएका छन् । पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ”, दुप्चेश्वर गाउँपालिका–५ का बासिन्दा रहेका  गुरागाईंले भने, “श्रमदानमार्फत सामूहिक रुपमा सामाजिक काम गर्ने प्रचलन न्यून बन्दै गएको छ । सरकारमार्फत बजेट आओस् भन्ने अपेक्षा गरिन्छ । तर हामीले हाम्रो गाउँ पुग्ने सडकको स्तरोन्नति गर्र्न स्थानीयबाटै श्रमदान हुन्छ, चन्दा सङ्कलन हुन्छ । चार पाङ्ग्रे सवारीसाधन भएकाले पाँच हजार, दुई पाङ्ग्रे हुनेले दुई हजार र नहुनेले कम्तीमा पनि एक हजार रकम सङ्कलन गरेर सडक मर्मतको काम गर्छौँ ।”


Advertisment
Nabil box
Kumari

दसैँलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैयाँ धान लगाउने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउथ्यो । तर अहिले न त घैयाँ धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै । 

Vianet communication
Laxmi Bank

पढाई तथा रोजगारीको सिलसिलामा गाउँ छाडेकाहरु दशैको आगमनसँगै आफ्नो थातथलो फर्कने पक्ष अहिले कायमै छ । “अघिपछि आफ्नै काममा व्यस्त भइन्छ । आफ्नो एकल परिवार जहाँ जसरी रहेपनि दसैँमा आफ्नै पुख्र्योली थलो जाने गरेका छौँ”, स्याङ्जा घर भएका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “दसैँ र गाउँ एकअर्का बीचको परिपुरक जस्तै लाग्छ । खाने र खेल्नेभन्दा पनि गाउँमा केही रचनात्मक क्रियाकलाप गर्नलाई अवसरको रुपमा दसैँलाई लिनु आवश्यक छ ।”

यी र यस्तै दसैँका प्रसंग उठेका हुन्, जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा । कार्यक्रममा सहभागी भएका व्यक्तिले दसैँ र संस्कृतिसँग उठाएका विषयको संरक्षणको लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता रहेको छ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीको । “दसैँको लागि माटो खन्दा, पिङ खेल्दा, चङ्गा उडाउँदा सावधानी अपनाइएन भने अप्रिय घटना भइरहेको हुन्छ । घटनाले गर्दा पनि कतिपय स्थानमा यस्ता संस्कृति लोप हुने अवस्थामा पुगेको छ”, जिसस प्रमुख ठकुरीले भने, “हाम्रो यस्ता चाडपर्व र संस्कृति पर्यटनसँग पनि जोडिएको हुन्छ । त्यस्ता संस्कृतिको जगेर्नाको निमित्त स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढाउन समन्वय गर्नेछु ।”    

मासुका विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दसैँलाई लिने गरिएको छ । मासु मात्र नभई सन्तुलित भोजनको सेवन गर्नलाई कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x