×

NMB BANK
NIC ASIA

यसरी मनाउँदैछन् साहित्यकारहरूले दशैं

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम शुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि शुरू हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने ‘सुनमा सुगन्ध’ थप्ने काम गर्छ । 

Muktinath Bank

विशेषगरी फूलपातीको दिनदेखि अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय बिदा हुने भएका कारण यो दिनदेखि दशैंको माहोलमा परिवर्तनका रेखा देखिन थाल्छन् । दशैंलाई मनाउने र यसमा रम्नेको आ–आफ्नै तरिका हुन्छन् । कोही जुवातासमा भिडिरहेका हुन्छन् त कोही खानपानमा ध्यान दिइरहेका हुन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै मेसोमा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वसँग उनीहरूले  मनाउने दशैंको तरिका बारेमा सोधखोज गरिएको थियो । त्यसमध्ये एक हुन्, वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी (किशोर) । उनलाई डेंगुले सताएका कारण दशैं खासै जम्न सकेको छैन । ‘विगतमा दशैं आउनु चारपाँच महिना पूर्वदेखि मनमा एकप्रकार हलचल हुन्थ्यो । अहिले खासै महत्व राखेको छैन’ भन्छन् डा पुडासैनी ।   


Advertisment
Nabil box
Kumari

‘अचेल दशैं औपचारिकता मात्र हुन थालेको छ । मुख्यतः दशैंमा आफन्त र इष्टमित्रसँग भेटघाट हुँदा भने यो पर्व विशेष लाग्छ’, यसका सामाजिक, आर्थिक, सांस्कृतिक महत्त्वका बारेमा उनी भन्छन्, ‘जुनसुकै संस्कार र संस्कृति पनि सधैँ एकनास हुँदैन । सधैँ परिवर्तनशील हुन्छ ।’

Vianet communication
Laxmi Bank

दशैं पनि समयानुसार नयाँ शैलीमा फेरिरहन्छ यसले जनजीवनको नवीन शैली आत्मसात् नगरी सुखै छैन । दशैंलाई एउटा परम्परा धान्ने विधिका रूपमा व्याख्या गर्ने अर्का वरिष्ठ साहित्यकार हुन् कलानिधि दाहाल । उनी भन्छन्, ‘मान्छे अशिक्षित रहेका बेला, चेतना र विकासका कुनै छनक नदेखिएका बेला, कामले लखतरान भएका बेला एउटा निहुँ बनाएर अलि लामै समय आराम गरौँ भन्ने नियतले पौराणिक कथनलाई सिरान हालेर यी विधि निर्माण गरिएका हुन् ।’

उनका अनुसार अहिले मिश्रितरूप छ एकखाले मानिस पुरानै ढर्रामा छन् । दोस्रो खाले चासो नगर्ने तर अर्काका मन राख्नकै लागि केही गरिरहने र तेस्रो खाल यसको सशक्तरूपमा विरोध गरिरहेका नै छन् । ‘सबै अवस्थाका मिश्रितरूपले गर्दा ऋण गरेर दशैंको रमझम मान्नुपर्ने वर्गलाई चाहिँ निकै राहत मिलेको छ अहिले’, उनी भन्छन्, ‘पुरानामा त मानव विकासको नैसर्गिक प्राकृतिक न्यायका आधारमा पनि मान्छेको गति फर्किंदैन । बिस्तारै नयाँतिर नै अघि बढिरहेको छ ।’

दशैंलाई पारिवारिक जमघट र साथीभाइसित शुभकामना साटासाट , साहित्यिक जमघट गरी मनाउने सोचमा रहेका अर्का साहित्कार विदुर अधिकारी दशैंलाई आफ्ना सुन्दर विचार आदानप्रदान  गर्ने माध्यमका रूपमा चित्रण गर्छन् । 

साहित्यकार अधिकारीको अनुभवमा विगतको र अहिलेको दशैं मनाउने शैलीमा निकै परिवर्तन आएको छ । पर्वका नाममा देखावटी र आडम्बर हाबी भएको छ । पुराना, रोटे र लिङ्गेपिङ अहिले प्रायः लोप भइसकेको स्थिति छ । मान्छे मोबाइलको दास बनिरहेको अवस्था छ । विगतमा भन्दा आफन्तहरूबीच अत्मीयपनको क्रमिकरूपमा ह्रास हुँदै गइरहेको छ । 

‘अझ साँच्चै भन्नुपर्दा अहिले हाम्रो समाजमा पर्वका नाममा धेरै विकृति आइरहेका छन्’, उनी भन्छन्, ‘यो आधुनिकताका नाममा  भएको नमीठो उच्छृङ्खलता हो ।’

हाल पोर्चुगलमा रहेका अर्का युवा साहित्यकार हुन् स्पन्दन विनोद । युवा साहित्यमा चर्चित रहेका स्पन्दन यसपालि टीका र जमरा नथाप्ने मुडमा पुगेका छन् । विगत दुई वर्षदेखि दशैं मनाउन नपाएका कारण यो तेस्रो वर्ष भएकाले खानपान गर्ने तर टीका जमरा नलाउने बताउछन् । 

‘परदेश भूमिमा पनि आफ्नो संस्कार भावी पुस्ताले पनि सिकाउनुपर्छ भनेर जमरा राख्ने, पूजा गर्ने टीका लगाउने गरिन्थ्यो । यो वर्ष भने त्यो परिस्थिति छैन’, उनी भन्छन्, । टीका जमरा नलगाए पनि दशैंको खानपान र पारिवारिकदेखि साथीभाइहरूसँगको भेटघाटमा कुनै कमी आउन नदिने मुडमा स्पन्दन देखिन्छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x