०७ असार २०८३, आइतबार
दशैंमा काठमाडाैं

कोलाहलबाट मुक्त काठमाडौं [फोटो तथा भिडियो]

असोज १७, २०७९
कोलाहलबाट मुक्त काठमाडौं [फोटो तथा भिडियो]

दशैं मनाउन करिब १८ लाख मानिसले काठमाडौं छाडेपछि राजधानी शहर सुनसान बनेको छ । सडकमा सवारीको संख्या न्यून देखिएको छ । पैदल यात्रीको उपस्थिति पातलो देखिन्छ ।

चोक तथा गल्लीहरू लमतन्नरूपमा मान्छेको पर्खाइमा देखिन्छन् । सधैं गुल्जार रहने कलंकी, गोगंबु, न्यूरोड, बानेश्वरआसपास क्षेत्रमा शान्त छ ।

निकै थोरै संख्यामा सार्वजनिक सवारी चलेका देखिन्छन् । निजी सवारी साधनको संख्या पनि पातलो छ ।  बडादशैंको ८औँ दिन पनि काठमाडौंबाट बाहिरिनेक्रम जारी छ । 

पारिवारिक पुनर्मिलनको रूपमा समेत लिइने दशैं पर्व मनाउन मानिसहरू सम्भव भएसम्म मूलथलोमा नै पुग्ने प्रयास गर्छन् । त्यसो हुँदा काठमाडौंले दशैंमा केही दिन कोलाहलबाट मुक्ति पाउँछ ।

सार्वजनिक सवारी कम चलेको र मानिसको भीडभाड पनि हटेको कारण काठमाडौंको वातावरण पनि सफा देखिएको छ । 

 


 

कमेन्ट गर्नुहोस्