०७ असार २०८३, आइतबार

टी–२० महिला विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

टी–२० महिला विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी)ले दक्षिण अफ्रिकामा अर्को वर्ष अर्थात् २०२३ मा हुने महिला टी–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । महिला टी–२० विश्वकप फेब्रुअरी १० मा आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलबाट शुरु हुनेछ । 

प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ । उपाधिका लागि रिजर्भ डे पनि राखिएको छ । १० देश दुई फरक समूहमा विभाजित छन् । भारत र पाकिस्तान समूह २ मा रहेका छन् । यो समूहमा इंग्ल्याण्ड, वेस्ट इन्डिज र आयरल्याण्ड पनि छन् । 

यस्तै समूह ‘ए’ मा पाँच पटकको च्याम्पियन अस्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

बंगलादेश र आयरल्याण्ड छनोट खेलबाट टी–२० विश्वकपका लागि छानिएको थियो । 
 

कमेन्ट गर्नुहोस्