१५ असार २०८३, सोमबार

काभ्रेमा घुस लिँदै गर्दा दुई कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
काभ्रेमा घुस लिँदै गर्दा दुई कर्मचारी पक्राउ

काभ्रे २० साउन -घरेलु तथा साना उद्योग कार्यालय दुई कर्मचारीहरु घूससहित रङ्गे हात पक्राउ परेका छन् ।

भुम्लु गाउपालिका ९ मा संचालन गर्नका लागि दर्ता गर्न लागिएको नारी समूह पोल्ट्री फर्म दर्ताका लागि घरेलु कार्यालयका कार्यालय सहयोगी हरि सेवुदी र माधव कुईकेल १४ हजार घुससहित अंख्तियारको फन्दामा परेका हुन् ।

जिल्ला घरेलु कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम खाने गरेको गुनासो पटक पटक आएपनि पक्राउ भनेका परेका थिएनन् । पोल्ट्री फर्म दर्ताको लागि पटक पटक झमेला गरी रकम मागेर काम नगरेपछि अख्तियारमा उजुरी परेको थियो ।

उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा घरेलुका कर्मचारीले धरेलु कार्यालय नजिकैको थापा होटलमा रकम लिँदा लिँदै अख्तियारले पक्राउ गरेको हो । पक्राउ परेसँगै घरेलुका फाइलहरु अनुसनधानको लागि अख्तियारले लगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्