×

NMB BANK
NIC ASIA

महोत्तरीको मटिहानीमा रावण वध उत्सव सम्पन्न

असोज १९, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

महोत्तरीको मटिहानीमा बुधवार विजया दशमीका दिन रावण वध उत्सव सम्पन्न गरिएको छ । वर्षौँदेखिको स्थानीय परम्पराअनुसार विजया दशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेका प्रतिकात्मक उत्सव मटिहानीमा सम्पन्न भएको हो । 

Muktinath Bank

दशानन् (दश टाउको भएको) अजङ्गको रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिर छेदन गरिएको दृश्य देखाएर उत्सव मनाइएको हो । मिथिलामा दशैं पर्वमा देवी उपासना मुख्य पक्ष भए पनि मटिहानीमा भने रावण वध उत्सवको परम्परा रहँदै आएको छ । विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्गको रावण आकृतिलाई तीरले ढालिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मटिहानीमा दशैं पर्व रावण (दशानन) वधसँगै जोडिएर आएको विश्वास गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दशानन (रावण)माथि विजय प्राप्त गरेको हुँदा दशैं (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन् । बडादशैं नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको सहप्राध्यापक रायको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

रावण वध उत्सव आफ्नो ठाउँको संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको धारणा छ । ‘हामी देवी उपाशनामा पनि रमाउँछाँै, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो’, उनले भने, । मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्गको प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजाका साथ जलाशयमा पु¥याइ गहिरो पानीमा भसाउने (सेलाउने, विसर्जन गर्ने) परम्परा छ । रासस
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x