३१ जेठ २०८३, आइतबार

महोत्तरीको मटिहानीमा रावण वध उत्सव सम्पन्न

महोत्तरीको मटिहानीमा रावण वध उत्सव सम्पन्न
फाइल तस्वीर

महोत्तरीको मटिहानीमा बुधवार विजया दशमीका दिन रावण वध उत्सव सम्पन्न गरिएको छ । वर्षौँदेखिको स्थानीय परम्पराअनुसार विजया दशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेका प्रतिकात्मक उत्सव मटिहानीमा सम्पन्न भएको हो । 

दशानन् (दश टाउको भएको) अजङ्गको रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिर छेदन गरिएको दृश्य देखाएर उत्सव मनाइएको हो । मिथिलामा दशैं पर्वमा देवी उपासना मुख्य पक्ष भए पनि मटिहानीमा भने रावण वध उत्सवको परम्परा रहँदै आएको छ । विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्गको रावण आकृतिलाई तीरले ढालिन्छ ।

मटिहानीमा दशैं पर्व रावण (दशानन) वधसँगै जोडिएर आएको विश्वास गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दशानन (रावण)माथि विजय प्राप्त गरेको हुँदा दशैं (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन् । बडादशैं नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको सहप्राध्यापक रायको भनाइ छ ।

रावण वध उत्सव आफ्नो ठाउँको संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको धारणा छ । ‘हामी देवी उपाशनामा पनि रमाउँछाँै, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो’, उनले भने, । मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्गको प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजाका साथ जलाशयमा पु¥याइ गहिरो पानीमा भसाउने (सेलाउने, विसर्जन गर्ने) परम्परा छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्