०८ साउन २०८३, शुक्रबार

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

जेठ ३१, २०८३
बुटवल
रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

धेरै मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने भनिए पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित भएको सांसद ज्ञानु पौडेलले जानकारी दिइन् ।

सभापति पदका लागि शनिबार साँझ भएको निर्वाचनमा शालिकराम घिमिरेले १९९, मञ्जु भुसालले ७१, डा.राजकुमार सुवेदीले ८०, मधुप्रसाद अर्यालले १९, गोपाल घिमिरेले ८७ र रुपन्देहीका गणेश पौडेलले ८४ मत प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्