०२ साउन २०८३, शनिबार

बीपी स्मृति दिवसमा कांग्रेसले ‘ग्रीन रन’ र जलवायु बहस गर्ने

साउन २, २०८३
काठमाडौं
बीपी स्मृति दिवसमा कांग्रेसले ‘ग्रीन रन’ र जलवायु बहस गर्ने

नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आज भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने घोषणा गरेको छ ।

‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको यूएन पार्कबाट प्रारम्भ हुनेछ ।

दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्