×

NMB BANK
NIC ASIA

नवरात्रभर २० हजार दर्शनार्थीले गरे सिद्धनाथ मन्दिर दर्शन

असोज २२, २०७९

NTC
Premier Steels

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा २० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् ।

Muktinath Bank

नवरात्र, गंगा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवरात्रमा दैनिक २ हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान् सिद्धनाथको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए । सिद्धनाथ बाबाको दर्शनका लागि पुग्नेमा अधिकांश भारतीय दर्शनार्थी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

‘गएको २ वर्ष कोरोना महामारीका कारण मन्दिरमा दर्शनार्थी पुग्न सकेका थिएनन्,’ उनले भने, ‘कुनै आम्दानी भएन तर कोरोना संक्रमण घटेसँगै भारतीय दर्शनार्थी आउन थालेपछि मन्दिरको आम्दानी पहिलेझै हुन थालेको छ । यस वर्ष मन्दिरको आम्दानी ७० लाखदेखि ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।’

Vianet communication

‘कोरोनाको संक्रमण घटेसँगै मन्दिरको स्वामित्वमा रहेका ६५ वटा पसलको भाडा उठन थालेको छ,’ अध्यक्ष महताले भने, ‘प्रसादको ठेक्का मात्रै ५० लाख भन्दा बढी गएको छ, केही रकम मन्दिमा चढाइने भेटीबाट उठ्छ ।’

भारतीय व्यापारीहरूले सीमा क्षेत्र नजिकै बसेर प्रसाद बेच्न थालेपछि प्रसादको ठेक्का लगाउने कार्यमा केही असजिलो हुन थालेको उनको भनाइ थियो । 

संकलित रकममध्ये ५० प्रतिशत मन्दिरका भौतिक संरचना निर्माण, मर्मतसम्भार र कर्मचारीको तलबमा खर्च हुने गरेको छ । नगरपालिकासँग समन्वय गरी सडक लगायत पूर्वाधार विकासमा मन्दिर व्यवस्थापन समितिले रकम लगानी गर्दै आएको छ । सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकको तलवका लागि केही रकम मन्दिरकै आम्दानीबाटै दिने गरिएको छ ।

मन्दिर परिसरमा धर्मशाला, सुलभ शौचालय, यज्ञशाला, मन्दिर लगायत संरचना निर्माण गरिएका छन् । निर्माण गरिएका संरचना मन्दिरकै आम्दानीबाट बनाइएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x