१७ असार २०८३, बुधबार

ओमेगाको नयाँ गाडी नेपाली बजारमा आउँदै

ओमेगाको नयाँ गाडी नेपाली बजारमा आउँदै

विद्युतीय गाडी निर्माता कम्पनी ओमेगा सिकीको नयाँ गाडी नेपाली बजारमा आउने भएको छ । 

कम्पनीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले ओमेगाका तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको हो ।

ओमेगा सिक्की मोबिलिटी एङ्ग्लियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको कम्पनीले जनाएको छ । 

विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ।

रेज प्लस र स्ट्रिम ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन्।

कार्गो सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनि शुरूआत भएको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

इलेक्ट्रिक थ्री व्हिलरबाट आफ्नो यात्रा शुरूआत गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै गएको छ  । 

  
 

salt training

कमेन्ट गर्नुहोस्