कात्तिक ४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ । सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोग...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्न पाउने छन् ।
बीचमा तिहार र छटजस्ता पर्व परेका कारण निर्वाचन आयोगले बीचमा लामो ग्याप हुने गरी निर्वाचन कार्यतालिका बनाएको थियो ।
एकाध अपवादबाहेक आइतवारको मनोनयन उत्साहप्रद नै देखियो । पार्टीबाट टिकट नपाएकाले बागी उम्मेदवारी दिने र कतिपय स्थानमा अन्तिम समयमा टिकट हेरफेरका घटना भए ।
विगतमा जस्तै उम्मेदवारी छनोट पारदर्शी भएनन् । लामो समय राजनीति गरेका नेतालाई विस्थापित गरेर नेताका आफन्त र आगन्तुकलाई टिकट दिँदा बागी उम्मेदवारी पर्ने क्रम रोकिएन ।
उम्मेदवारी मनोनयनमा देखिएका घटनाले राजनीतिक दलको आन्तरिक लोकतन्त्र मजबुत नभएको रूपमा बुझ्न सकिन्छ ।
हाम्रो संविधानले गरेको राजनीतिक व्यवस्था र देशको राजनीतिक शक्ति सन्तुलनका कारण चुनावमा गठबन्धन संस्कृऐति मौलाउँदै गएको छ ।
मंसिर ४ को चुनावमा एउटा कांग्रेस नेतृत्वको र अर्को एमाले नेतृत्वको घोषित/अघोषित गठबन्धन बनेका छन् ।
चुनावअघि नै गरिने गठबन्धन राजनीतिक सिद्धान्तविपरीत काम हो । यसले कुन दलको वास्तविक हैसियत कति भनेर मापन गर्ने आधार भत्किएको छ ।
लोकतान्त्रिक व्यवस्थामा गतिरोध उत्पन्न भयो भने त्यसको निकास निर्वाचनले दिन्छ । मंसिर ४ को आवधिक निर्वाचनले देशलाई नयाँ गति र राजनीतिक निकास दिने अपेक्षा गरौं ।
जनताले आफ्ना प्रतिनिधि छान्ने यो राष्ट्रिय पर्वलाई भव्यतापूर्वक सम्पन्न गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।
आवधिक निर्वाचनले लोकतन्त्रको धमनी बलियो बनाउँछ र राजनीतिक दललाई सच्चिने मौका दिन्छ ।
त्यसैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेतर्फ सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूको ध्यान जानु जरुरी छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ । सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोग...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मे...
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ । उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
देशको अर्थतन्त्रलाई ‘गाइड’ गर्ने निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गम्भीर विवादमा तानिएका छन् । तटस्थ रहनुपर्ने र संवेदनशील निकायको प्रमुख रहेका अधिकारी कुनै राजनीतिक दलको सदस्य ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...