×

NMB BANK
NIC ASIA

नेपाली सडकका लागि एसयूभी मोडल सर्वोत्कृष्ट

असोज २४, २०७९

NTC
Premier Steels

हिमाल, पहाड र तराई जस्ता विविधतायुक्त भूगोल भएको मुलुक नेपालका सडकहरूको बनोट अन्य ठाउँको भन्दा फरक छ । 

Muktinath Bank

विविधतायुक्त सडक तथा भौगोलिक विभिन्नताले गर्दा नेपालमा गाडी चलाउन चुनौतीपूर्ण छ । गन्तव्य गाउँ वा शहर फरक भूगोलमा हुँदा कच्ची सडकमा पनि गाडी कुदाउनुपर्ने हुन्छ । अफरोड ड्राइभिङ अर्थात् बालुवा, ग्राभेल, खोलाको पिँध, हिलो, हिउँ, पत्थरिलो वा अन्य प्राकृतिक भूभागमा गाडी कुदाउनुपर्ने नेपालको वास्तविकता हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालयको काखमा रहेको मुलुक नेपालका सुन्दर डाँडाहरूका कच्ची सडकमा गाडी कुदाउनु रोमाञ्चक मात्र नभई सुखद अनुभव पनि हो । नियमित रूपमा घरबाट कार्यालय गएजस्तो अनुभव अफरोडमा हुँदैन । तर नेपालका विविध भूक्षेत्र र भौगोलिक अवस्थितिका कारण धेरै मानिसका लागि उकाली ओराली पनि घरबाट कार्यालय गएजस्तै नियमित प्रक्रिया हो । 


Advertisment
Nabil box
Kumari

अफरोडमा गाडी गुडाउँदा गाडी कस्तो हो भन्ने कुराले ठूलो प्रभाव पार्छ । डाँडामाथि र तल सबै कार र एसयूभी कुदाउनु आरामदायी अनुभव हैन । त्यसैले अफरोड कुदाउनका लागि गाडीहरू बनाउने काम अहिले गरिन थालेको छ । अफरोड गाडीहरूको मूल्य, उपयोग तथा बिक्री पहिलेको भन्दा बढेको छ त्यसैले वाहन कम्पनीहरूले अद्वितीय रूपरेखा तथा गतिशील प्रस्तुति दिन सक्ने शक्तिशाली अफरोड गाडी उत्साहका साथ बनाउने गरेका छन् । 

Vianet communication

अफरोड कुदाउन र असाधारण प्रस्तुति दिन विभिन्न किसिमका वाहनहरू बनाइएका छन् । तर नेपालमा रोड तथा अफरोड दुवैमा उत्तिकै सहज रूपमा हाँक्न सकिने एसयूभी पाइन्छ भनी तपाईंलाई बताउँदा कस्तो लाग्छ ?

यहाँ हामी किया ब्रान्डका तीनवटा सर्वोत्कृष्ट एसयूभीको बारेमा चर्चा गर्नेछौं । यिनमा भएका असाधारण रूपरेखाका कारण पक्की र कच्ची दुवैथरी सडकमा यिनलाई गुडाउन सहज हुन्छ । 

१ किया सेल्टोस सिरीज

सेल्टोस एसयूभीहरूमा निकै शक्तिशाली इन्जिन जडान गरिएका छन् । यसमा १४ सय ९७ सीसी तथा १३८.०८ बीएचपीसम्म छ । अफरोडमा पनि यसले २०.८ किलोमिटर प्रतिलिटर सम्मको माइलेज दिन्छ । एसयूभी सिरीजहरूमध्येको सर्वोत्कृष्ट मानिने २०२२ किया सेल्टोका सातवटा प्रकार छन् : एचटीके, एचटीके प्लस, एचटीके प्लस आईएमटी, एचटीएक्स, एचटीएक्सआईभीटी, एचटीएक्स प्लस (डीजेल र जीटीएक्स प्लस एटी (डीजेल) ।

यसमा २६.०३ सेन्टिमिटर टचस्क्रीन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६० डिग्री भ्यु, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सीट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने एयर प्योरिफायर लगायतका सुविधा छन् । किया सेल्टोस सिरीज सात विभिन्न अवतारमा उपलब्ध छन् : ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याक पर्ल (कालो), ग्लेसियर ह्वाइट पीयर (सेतो) र स्टील सिल्भर (घ्यू रंग) ।

सबै चक्कामा डिस्क ब्रेक भएकाले यो एसयूभी सबभन्दा सुरक्षित छ । यसले ब्रेकिङ सिस्टमलाई स्तरोन्नति गर्छ र गाडीलाई सबै किसिमको सडकमा नियन्त्रणमा राख्न यो महत्त्वपूर्ण छ । यसले यात्राभरि कुनै सम्झौताविना सुरक्षा उपलब्ध गराउँछ । त्यसबाहेक एसयूभीमा भएको हाईलाइन टाइम प्रेसर मोनिटरका कारण चक्कामा पर्ने दबाबलाई निगरानी गर्न सकिन्छ । चक्काकै कारण गाडी दुर्घटनामा पर्ने सम्भावनाबाट यसले जोगाउँछ । 

त्यसबाहेक यस गाडीमा ६ वटा एयरब्याग र निकै शक्तिशाली इस्पात छ । यसको भित्री भाग सुरक्षित छ भने बाहिरी भाग निकै मजबूत छ । तपाईंलाई अतिरिक्त सुरक्षा दिनका लागि यिनको निर्माण गरिएको हो । यस सर्वोत्कृष्ट एसयूभीको मूल्य ५० लाख ९० हजारबाट शुरू हुन्छ । 

२. किया सोनेट

किया सोनेटमा टर्बो–पेट्रोलबाट चल्ने इन्जिन छ । यसमा अधिकतम १४ सय ९३ सीसी छ भने ६–स्पीड आईएमटी छ । यसले १८.४ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ भने ११८.३६ बीएचपी छ । पाँचवटा सीट भएको किया सोनेट कम्प्याक्ट एसयूभीका ६ वटा प्रकार छन् : एचटीई, एचटीएक्स, एचटीएक्स प्लस एटी र जीटीएक्स प्लस डिजेल । यसमा सनरूफ र वायरलेस फोन चार्जर जस्ता अत्याधुनिक फीचरहरू छन् ।

किया सोनेट एसयूभी सिरीजमा टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एयर प्युरिफायर र भेन्टिलेटेड फ्रन्ट सीट छन् । वाइल्ड डिजाइनको सोनेट एसयूभी सिरीज आठवटा सुन्दर रंगहरूमा उपलब्ध छन् : रातो, खैरो, कालो, सेतो र घ्यू रंग । 

टचस्क्रीन, फ्रन्ट भेन्टिलेटेड सीटहरू, भाइरस सुरक्षा सहित स्मार्ट एयर प्युरिफायर, मल्टी डइभ मोड, ट्य्राक्सन मोड, एमटी रिमोट इन्जिन स्टार्ट लगायतका प्राविधिक फीचरहरूका साथ सोनेट एसयूभीले पक्की र कच्ची सडक दुवैमा सुखद यात्राको अनुभव दिलाउनेछ । 

इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन सहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेनमेन्टले किया सोनेटलाई सबै किसिमका सडकमा कुदाउन मिल्ने सबभन्दा सुरक्षित एसयूभी बनाएको छ । सोनेट एसयूभीहरूमा ६ वटासम्म एयरब्याग अटाउन सकिन्छ । यसको मूल्य नेपाली बजारमा ३७ लाख ९० हजारबाट शुरू हुन्छ । 

३ किया सोरेन्टो हाइब्रिड

सोरेन्टो हाइब्रिडमा टर्बोचार्ज गरिएको १.६ लिटरको चार सिलिन्डर भएको इन्जिन छ जसको हाइब्रिड सिस्टम र ६ स्पीड अटोमेटेड ट्रान्समिसन जस्ता सुविधा छन् । सोरेन्टोले तपाईंलाई एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै लान्छ र यसमा जडान गरिएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्तो नवीन प्रविधिका कारण यात्राभरि तपाईंले चार्जिङ स्टेसन खोजिहिँड्नै पर्दैन । गाडी गुडिरहँदाखेरी नै ब्याट्री आफैं रिचार्ज भइरहन्छ । किया सोरेन्टो हाइब्रिड पाँचवटा रंगमा उपलब्ध छ : रातो, नीलो, सेतो, कालो र खैरो । 

हाइब्रिडमा फ्रन्ट ह्वील ड्राइभको विकल्पका रूपमा अल ह्वील ड्राइभ छ । स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो लगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडको डिफल्ट हो । यसले चालकलाई विभिन्न किसिमका सडकमा अनुकूलनका लागि सहज बनाउँछ । 

हाइब्रिड एसयूभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रा लागेको निगरानी गर्ने सुविधा, पछाडिको दृश्य हेर्न मिल्ने क्यामरा, पार्किङ गर्दाका सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोकिनुअघिको चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्त तातोचिसो हुने विद्युतीय सीटहरू लगायतले यसलाई उत्कृष्ट वाहन बनाएको छ ।

राजमार्ग वा गाउँको कच्ची बाटो वा बलौटे र ग्राभेल सडक जस्तोमा पनि यो गाडी मज्जाले कुद्छ । स्मार्ट पावर लिफ्टगेटका कारण सोरेन्टो हाइब्रिडमा सामान राख्न सजिलो छ र यो स्मार्ट साँचोबाट स्वचालित रूपमा खुल्छ । किया सोरेन्टो हाइब्रिडमा डुअल लेभल कार्गो फ्लोर छ । त्यसमा अग्ला सामान पनि सजिलै अटाउन सकिन्छ । नेपाली बजारमा सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट शुरू हुन्छ । 

नेपालका उत्कृष्ट एसयूभीहरू

नेपालको गाडी बजार उल्लेख्य रूपमा विस्तार भएसँगै हालैका वर्षमा उल्लेख्य गाडीहरू नेपालमा देख्न थालिएको छ । मानिसहरू अहिले सर्वोत्कृष्ट एसयूभीको खोजी गरिरहेका छन् । अन्तर्राष्ट्रिय वाहन कम्पनीहरूले नेपालमा व्यापारिक लगानी गर्न थालेका छन् । सानो भूपरिवेष्ठित मुलुक नेपाल चारपांग्रे वाहनको क्षेत्रमा गरिएका अत्याधुनिक आविष्कारबाट टाढा छैन । अधिकांश सडक र राजमार्गमा सबै किसिमका एसयूभी लगायतका सुन्दर कारहरू देखिन थालेका छन् । 

नेपालमा कियाका सर्वोत्कृष्ट एसयूभीहरू

तपाईं एसयूभीमा लगानी गर्न चाहनुहुन्छ भने तपाईंसमक्ष कम्प्याक्ट एसयूभी, हाइब्रिड, मध्यम आकार र ठूलो आकारका विभिन्न थरी एसयूभीहरू उपलब्ध छन् । तपार्ईंले अहिले चलाइरहनुभएको गाडीभन्दा स्तरीय एसयूभी किन्न खोज्नुहुँदैछ वा सानो एसयूभी किन्ने तपाईंको सोच छ भने कियाका उत्कृष्ट एसयूभीहरूको सूची यहाँ उपलब्ध छ :

१ किया सेल्टोस

नेपालमा उपलब्ध उत्कृष्ट एसयूभीहरूमध्ये एक किया सेल्टोस सबै किसिमका सही रूपरेखायुक्त छ । सेल्टोस नाम ग्रिसेली देवता सेल्टोसबाट राखिएको हो । उनी हर्क्युलिसका छोरा हुन् । सेल्टोस देवताको बहादुर तथा निर्णायक प्रकृतिलाई यस कारले प्रतिनिधित्व गर्छ । यसमा भएको एस अक्षरले स्पीड (गति) र स्पोर्टीनेस (खेल) को प्रतिनिधित्व गर्छ । 

आफ्नो नामअनुकूल सेल्टोसले आफूलाई नेपालको उत्कृष्ट एसयूभीका रूपमा स्थापित गरेको छ । यो हेर्दा पनि बोल्ड देखिन्छ र यसमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । महानगरको सडक होस् वा अफरोड भूभाग होस्, किया सेल्टोसले आफ्नो बलियोपन तथा अत्याधुनिक प्रविधिका साथ तपाईंलाई उत्कृष्ट अनुभव दिलाउनेछ । यस कारमा १०.२५ इन्चको टचस्क्रीन, विद्युतीय सनरूफ, बोस प्रिमियम स्पीकर, ६ वटा एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, एलईडी हेड ल्याम्प, मूड ल्याम्प तथा अन्य सुविधा उपलब्ध छन् । 

भारतमा बनेको किया कार पैसा तिरेअनुसारको मूल्य दिने कम्प्याक्ट एसयूभी हो । यो तपाईंको आवश्कयता अनुसार विभिन्न किसिमको छ । नेपालमा किया सेल्टोसका सातवटा प्रकार छन् । सेल्टोस एचटीकेको शुरू मूल्य ५०.९० लाख रुपैयाँ छ भने त्यसको जीटी लाइनको मूल्य ७९.९० लाख रुपैयाँ छ । 

२ किया सोनेट

भारतमा बनेको सबकम्प्याक्ट क्रसओभर किया सोनेट सानो तर शक्तिशाली र उचित मूल्यसहितको एसयूभी हो । नेपालमा उपलब्ध किया ब्रान्डका एसयूभीमध्ये यो उत्कृष्टमा पर्छ । सानो आकार भए पनि सोनेटमा सबैका लागि प्रशस्त स्थान छ । यसमा तपाईंलाई मन पर्ने सबै कुरा छ । सोनेट किन्नेहरूले प्रभावशाली अत्याधुनिक फीचरका साथै स्पोर्टी र बोल्ड लूकको गाडी चलाउन पाउनेछन् । 

किया सोनेटमा आवाजबाट नियन्त्रित सनरूफ, मल्टी ड्राइभ मोड सहितको टेक इन्टरफेस, एमटी रिमोट इन्जिन स्टार्ट, फ्रन्ट भेन्टिलेटेड सीट, १०.२५ इन्चको टचस्क्रीन, फ्रन्ट पार्किङ सेन्सर, टायर प्रेसर मोनिटर लगायतका विभिन्न सुविधा छन् । यसलाई सजिलै कन्ट्रोल गर्न सकिने भएकाले तपाईंलाई शहरका साथै कच्ची बाटोमा पनि आरामदायी रूपमा कुदाउन सकिन्छ । 

अहिले किया सोनेटका तीनथरी प्रकार नेपाली बजारमा उपलब्ध छन् । यसको मूल्य ३७.९० लाख रुपैयाँबाट शुरू हुन्छ भने जीटी लाइनको मूल्य ५९.९० लाख रुपैयाँबाट शुरू हुन्छ । यसले गर्दा यो एसयूभी नेपालमा किफायती कारका रूपमा रहेको छ । 

३ किया सोरेन्टो हाइब्रिड

नयाँ पुस्ताको मध्यम आकारको एसयूभी किया सोरेन्टो हाइब्रिडमा हाइब्रिड मोटरमा आधारित टीएमईडी संरचना छ । यसमा पेट्रोल र विद्युतीय दुवैबाट चल्ने मोटर छ जसले गर्दा यो नेपालमा उपलब्ध कियाको सबभन्दा राम्रो एसयूभीमध्ये पर्छ । हाइब्रिड एसयूभीमा शक्तिशाली हाइब्रिड ड्राइभट्रेन र खुला भित्री भाग छ । तपाईंले सामान राख्नका लागि तीनवटा लहरको कन्भर्टिबल सीटिङ समेत पाउनुहुनेछ । 

सोरेन्टो हाइब्रिडले विद्युतीय इन्जिनका साथै टीजीडीआई इन्जिन पावरका साथ लामो ड्राइभमा जान सहज बनाउनेछ । विद्युतीय मोटर भए पनि तपाईंले ब्याट्री चार्ज गर्ने वा लामो ड्राइभमा जाँदा चार्ज उपलब्ध होला कि नहोला भन्ने विषयमा चिन्ता लिइरहनुपर्दैन किनकि तपाईंले गाडी चलाउँदा नै ब्याट्री आफैं चार्ज हुन्छ र रिजेनेरेटिभ ब्रेकिङले पनि ब्याट्री चार्ज गरिदिन्छ । 

हाइब्रिड एसयूभीले तपाईंलाई कारमा रिमोट कनेक्टिभिटी पनि दिलाउँछ । यसको शक्तिशाली इन्स्ट्यान्ट टर्कका कारण रोमाञ्चकताको खोजी गर्नेहरूका लागि यो पर्फेक्ट छनोट हो । किया सोरेन्टो हाइब्रिड नेपाली बजारमा १ करोड ७९ लाख ९० हजार रुपैयाँको शुरूआती मूल्यका साथ उपलब्ध छ । 

नेपालमा इसुजु पिकअप ट्रक र एसयूभीको ताजा मूल्य

नेपालमा इसुजुका गाडीहरूको एक मात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्राइभेट लिमिटेडले नेपाली बजारमा इसुजुका चार विभिन्न किसिमका पिकअप ट्रक र एसयूभीहरू उपलब्ध गराएको छ । ती हुन् ः एमयू–एक्स एसयूभी, डी–म्याक्स भी–क्रस पिकअप ट्रक, हाइल्यान्डर पिकअप ट्रक र डी–म्याक्स एस–क्याब पिकअप ट्रक । 

डी–म्याक्स भी–क्रस पिकअप ट्रक, हाइल्यान्डर पिकअप ट्रक र डी–म्याक्स एस–क्याब पिकअप ट्रकहरूमा २.५ लिटर इन्जिनको विकल्प मात्र उपलब्ध छ । त्यस्तै एमयू–एक्स एसयूभी ३ लिटर विकल्पका साथ उपलब्ध छ । डी–म्याक्स भी–क्रस २.५ लिटरको मूल्य ७५ लाख ९० हजार रुपैयाँ छ । त्यस्तै इसुजु हाईल्यान्डरको मूल्य ५९ लाख ९० हजार रुपैयाँ छ । अनि इसुजु डी–म्याक्स एस–क्याबको मूल्य ४६ लाख ९० हजार रुपैयाँ छ । 

इसुजु हाईल्यान्डर 

नेपाली बजारमा इसुजुको डबल क्याब पिकअप हाइल्यान्डर भित्रिएको छ । सो पिकअपमा २।५ लिटरको डिजेल इन्जिन छ, जसले १३४ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५–स्पिड गियरबक्स छ ।

सो पिकअपको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ भने टर्निङ रेडियस ६.३ मिटर छ । सो पिकअपको लम्बाई, चौडाई र उचाई क्रमशः ५२९५, १८६० र १७८० एमएम छ ।
इसुजुको पहिले देखि नै नेपाली बजारमा उपलब्ध डी–म्याक्स पिकअपमा जस्तै हाइल्यान्डरको डिजाइन ल्यांग्वेज छ । यसको अघिल्लो भागमा ह्यालोजन हेडल्याम्प, ग्रिल, बोनट र बम्पर छ । हेडलाइटसँगै फगलाइट हाउजिङ राखिएको छ ।

सो पिकअपमा टिल्ट स्टेयरिङ सिस्टम, चार स्पिकर, म्यानुअल एसी र फ्रन्ट तथा रियर हेडरेस्ट जस्ता सुविधाजनक फिचर छन् ।

सुरक्षाका लागि यसमा ईबीडी र बीए सहितको एबीएस, स्किड प्लेट, फ्रन्ट डिस्क ब्रेक, ड्युअल एयरब्याग तथा लोड लिमिटर सहितको सिटबेल्ट प्रि–टेन्सनर उपलब्ध छन् ।

इसुजु

जापानको वाहन इन्जिनीयरिङ क्षेत्रको आइकनका रूपमा रहेको इसुजुको सय वर्षभन्दा बढीको विरासत छ । कुल २५ देशहरूमा सञ्चालनमा रहेको इसुजु वास्तवमा विश्वव्यापी ब्रान्ड हो र यसलाई विश्वभरिका १०० भन्दा बढी मुलुकमा औधी रुचाइएको छ । जीवनभरिका लागि इन्जिनीयरिङ गरिएको भन्ने प्रतिज्ञाका साथ बनाइएको इसुजु विश्वसनीयता, टिकाउपना तथा लामो समयसम्म चल्ने वाहनहरूको ब्रान्ड हो ।

इन्धनमा बचत गराउने भनी प्रख्यात इसजुका वाहनहरू शक्तिशाली तथा रोमाञ्चकारी समेत छन् । यही दर्शनमा अडिग रही इसुजु यस्तो ब्रान्डका रूपमा विकसित भएको छ जसलाई रोमाञ्चकता खोज्नेहरूले मात्र नभई सर्वोत्कृष्ट वाहन इन्जिनीयरिङ तथा अद्वितीय स्टाइलमा विश्वास गर्नेहरूले पनि प्रशंसा गर्छन् । 

अलराउन्डर इसुजु हाईल्यान्डर

तपाईं आफ्नो प्रत्येक दिन उत्कृष्ट ढंगले आरम्भ गर्न चाहनुहुन्छ भने तपाईंलाई सबै कार्यमा गजबको शुरूआत दिलाउनका लागि नयाँ हाईल्यान्डर उपलब्ध छ । यसमा स्टाइल, आराम, सुरक्षा र सर्वोत्कृष्ट पिकअप अनुभव सबै कुरा छ । यसको बहुआयामिक व्यक्तित्वले तपाईंका महत्त्वाकांक्षा र सपनाहरूलाई पूरा गर्छ अनि तपाईंलाई थप काम गर्नका लागि प्रेरित गर्छ । नयाँ इसुजु हाईल्यान्डरले अरू कुनै पनि गाडीले दिन नसक्ने कुराको प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यो भनेको तपाईं आफूले रोजेको कुनै पनि रोमाञ्चक यात्रामा जान सक्नुहुन्छ अनि आफ्नो परिवारलाई उत्कृष्ट सुरक्षा र आराम पनि दिलाउन सक्नुहुन्छ । त्यसैले तपाईंको जस्तो जूनून र आकांक्षा भए पनि इसुजु लिनुभयो भने तपाईं कहिले पनि रोकिनुपर्र्र्दैन । यो पिकअप लिनुभएमा तपाईंले कहिले पनि केही कुरामा सम्झौता गर्नुपर्दैन । नयाँ हाईल्यान्डर अलराउन्डर वाहन हो । 

नयाँ हाईल्यान्डर फो ह्वील ड्राइभ गाडी हो । यसले तपार्इंंलाई अघि बढ्नका लागि आवश्यक शक्ति दिन्छ । काममा होस् वा विलासितामा होस्, नयाँ हाईल्यान्डरले दुवैलाई थप गतिलो बनाउनेछ । यस सक्षम पिकअपले काम गर्ने दिनहरू अनि रोमाञ्चक सप्ताहान्तहरू दुवैमा तपाईंलाई गन्तव्यमा पुर्‍याउँछ । 

इसुजु हाईल्यान्डरलाई टर्बोचार्ज गरिएको २.५ लिटर डिजेल इन्जिनको शक्ति प्राप्त छ । यस इन्जिनले ३६ सय आरपीएममा १३४ एचपी सिर्जना गर्न सक्छ र १८ सय–२८ सय आरपीएममा ३२० एनएम सिर्जना गर्छ । कठिन भूभाग तथा चुनौतीहरूमा पनि यो गाडी सजिलै गुड्छ । 

यसको उल्लेखनीय फीचरको कुरा गर्नुपर्दा टिल्ट फीचर भएको भेरिएबल टाइप स्टीयरिङ, साँचो नचाहिने कीलेस एन्ट्री, रिभर्स पार्किङ सेन्सर, युरो एनसीएपीले अंक दिएको ढोका (डोर बीम), दोहोरो एयरब्याग, ईबीडी सहितको एबीएस, प्रि–टेन्सनर र भार अनुकूलन (लोड लिमिटर) जस्ता सुविधा छन् । इसुजु हाईल्यान्डर पाँच सीट भएको डिजेल कार हो जसमा मल्टी–फंक्सन स्टीयरिङ ह्वील, पावर एड्जस्टेबल एक्सटिरियर रियर भ्यु मिरर, अलोय ह्वील, पावर विन्डोज रियर (पछाडिको शीशा), पावर विन्डोज फ्रन्ट (अगाडिको शीशा), पावर स्टीयरिङ र एयर कन्डिसनर छन् । इसुजु डी–म्याक्स हाईल्यान्डर सातथरी रंगमा उपलब्ध छ ः नटिलस ब्लु (नीलो), सफायर ब्लु माइका (नीलमको रंग), रेड स्पाइनल माइका (रातो), टाइटेनियम सिल्भर मेटालिक (घ्यू रंग), गालेना ग्रे मेटालिका (खैरो), ब्ल्याक माइका (कालो) र स्प्ल्याश ह्वाइट (सेतो) । हाईल्यान्डरमा प्रशस्त ठाउँ उपलब्ध छ र यसको भारवहन क्षमता २२५ किलो छ अनि कर्ब तौल १८ सय ३५ किलो छ । 
नेपालमा इसुजु हाईल्यान्डरको मूल्य ५९.९० लाख रुपैयाँ छ । 

इसुजु एस–क्याब

इसुजु डी–म्याक्स एस–क्याबको मुटु भनेको इसुजु इन्जिन हो । यसमा रहेको अविश्वसनीय शक्ति तथा दमदार प्रस्तुतिका कारण कठिन भूभागमा पनि यो सजिलै गुड्न सक्छ । इसुजु एस–क्याबलाई भीसीएस प्रविधिको शक्तिशाली इन्जिनको शक्ति प्राप्त छ । यसमा २२० मिलिमिटर ग्राउन्ड क्लीयरेन्स छ जुन सबै किसिमको भूभागका लागि उपयुक्त छ । ६.३ मिटर टर्निङ रेडियस र रिफाइन्ड ५–स्पीड गियरबक्सका साथ यो पिकअप सबै ग्राहकहरूका लागि गजबको छनोट साबित हुनेछ ।

उत्कृष्ट डिजाइन, फराकिलो प्यासेन्जर क्याबिन अनि विशाल र बलियो कार्गो डेक (सामान राख्ने ठाउँ) यसको विशेषता हो । यसका अन्य उत्साहकवर्धक फीचरको कुरा गर्नुपर्दा फ्याब्रिक सीट कभर, ६ वे एड्जस्टेबल ड्राइभर सीट, ट्युबलेस टायर भएका ठूला चक्का (४०.६ सेन्टिमिटर), फ्रन्ट इन्डिपेन्डेन्ट डबल विशबोन सस्पेन्सन, चालकले स्वचालित रूपमा बन्द गर्न खोल्न सक्ने शीशा, ब्लोअर सहितको शीशा, हीटर, धूलो र पोलनलाई फिल्टर गर्ने व्यवस्था समेत छ । 

इसुजु डी–म्याक्स एस–क्याबमा एक हजारदेखि ११ सय किलोसम्मको भार (पेलोड) को सुविधा छ र यसको कुल तौल २८ सय ५० किलो हो । यस इसुजु पिकअप गाडीको इन्जिनलाई शक्ति दिन २४ सय ९९ सीसीको चारवटा सिलिन्डर भएको कमन रेल, भीजीएस टर्बो इन्टरकूल छ जसले ३८ सय आरपीएमको दरमा ५८ किलोवाट (७८ एचपी) को अधिकतम शक्ति सिर्जना गर्न सक्छ ।

यसको अधिकतम टोर्क १५ सय– २४ सय आरपीएमको दरमा १७६ एनएम छ । इसुजु डी–म्याक्स डिजेलले गुड्छ र बीएस६ उत्सर्जन नियम अनुकूल छ । यसमा पावर ट्रान्समिसनको काम ५ स्पीड गियरबक्सले गर्छ । ४.९ फीट बाई ५.१ फीटको लोड बडी साइज भएकाले इसुजु पिकअप चलाउने मान्छेले टन्नै सामानको भार बोकाउन सक्छ । इसुजु डी–म्याक्स एस–क्याबमा रहेको फ्रन्ट सस्पेन्सन स्वतन्त्र, डबल विशबोन, कोइल स्प्रिङयुक्त छ र यसको रियर सस्पेन्सन ड्युटीलाई सेमीएलिप्टिकल लीफ स्प्रिङले स्याहार गर्छ । 

एस–क्याबका सबै फीचरहरू गाडीको उपयोगिता सुधार्न तथा प्रभावकारितालाई बढाउनका लागि ध्यानपूर्वक बनाइएको हो । यसले गाडीको सफलतामा अभिवृद्धि गरेको छ । अन्डरबडी प्रोटेक्सन किट, प्रभावकारी ब्रेकिङ सिस्टम र लोड सेन्सिङ प्रोपर्सनिङ भल्भ (एलएसपीभी) ले गाडी चलाइरहेको बेलामा अधिकतम सुरक्षाको प्रत्याभूति दिन्छ । 

इसुजु डी–म्याक्स एस–क्याब भरपर्दो र पैसा वसूल गाडी हो । एस–क्याब भेरिएसनसँग फ्ल्याट डेक टाइपको भन्दा बढी फीचर छ जबकि यी दुवैको उस्तै इन्जिन छ । इसुजु डी–म्याक्स एस–क्याब तीनथरी रंगमा उपलब्ध छ : टाइटेनियम सिल्भर मेटालिक (घ्यू रंग), अब्सिडियन ग्रे (खैरो) र स्प्ल्याश ह्वाइट (सेतो) । 

नेपालमा इसुजु एस–क्याबको मूल्य ४६.९० लाख रुपैयाँ छ । 

इसुजु भी–क्रस

इसुजु भी–क्रस रोमाञ्चकताको खोजीमा रहने व्यक्तिहरूका लागि बनेको हो । जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि बलियो र भरपर्दो पिकअप कुदाउने चाहना राख्नेहरूका लागि यो गाडी उपयुक्त छ । भी–क्रस पिकअप निकै अप्ठ्यारो बाटोमा पनि गुडाउन सकिन्छ । विभिन्न सडक, नदी र सुन्दर दृश्यावलि भएका स्थानमा आरामका साथ कुदाउन अद्भुत इन्जिनीयरिङ भएको गाडी रोमाञ्चको खोजी गर्नेहरू र विलासिताको चाहना राख्नेहरू दुवैले मन पराउँछन् । इन्ट्युटिभ डिजाइन र अर्गोनोमिक स्टाइलिङका साथ नयाँ भी–क्रसले स्वतन्त्रता र विलासिताका सबै आकांक्षालाई सर्वोत्कृष्ट बनाउँछ किनकि यसले दिने आराम र सुविधा अद्वितीय छ । 

इसुजु भी–क्रसलाई २.५ लिटर भीजीएस टर्बो इन्टरकूल्ड डिजेल इन्जिनले शक्ति दिएको छ । यसमा चारवटा सिलिन्डर छन् । यसको इन्जिनको अधिकतम पावर आउटपुट ३६ सय आरपीएमको दरमा १३४ बीएचपी छ । अनि यसको अधिकतम टोर्क आउटपुट १८ सय–२४ सय आरपीएमको दरमा ३२० एनएम छ । नयाँ भी–क्रस ५ स्पीड म्यानुअल ट्रान्समिसन र फो ह्वील ड्राइभयुक्त छ ।

ठोकाइको दखललाई सहन सक्ने च्यासिस, एचडीसी, एबीएस, ईबीडी, ईबीए, टीसीएस सहितको ईएससी, ६ वटा एयरब्याग र सेन्सर सहितको रियर भ्यु क्यामरा जस्ता सुरक्षा फीचरहरू छन् । यसले गाडी कुदाउँदा निकै राम्रो सुरक्षा दिन्छ । यसमा प्यासिभ इन्ट्री स्टार्ट र स्टप सिस्टम पनि छ । नयाँ फ्रन्ट ग्रिल र रिडिजाइन गरिएका आउटलाइन पनि छन् ।

यसका अतिरिक्त यसको नयाँ दोहोरो एलईडी हेडल्याम्प, एलईडी टेल ल्याम्प र फग ल्याम्पमा नयाँ क्रोम ट्रीटमेन्ट राखिएको छ । अतिरिक्त नयाँ फीचरमा १८ इन्चको अलोय चक्का, रूफ रेल, रिभ्याम्प गरिएका साइड स्टेप र शार्क फिन एन्टेना लगायतका फीचर छन् । इन्ट्युटिभ डिजाइन तथा अर्गोनोमिक स्टाइलिङका साथ नयाँ भी–क्रसले स्वतन्त्रता तथा लालित्यको खोजी गर्नेहरूलाई सन्तुष्ट बनाउँछ । यसको आराम र सहजता अद्वितीय छ । 

इसुजु डी–म्याक्स भी–क्रस सातवटा रंगमा उपलब्ध छ : टाइटेनियम सिल्भर, कस्मिक ब्ल्याक, स्प्ल्याश ह्वाइट, रुबी रेड, ओब्सिडियन ग्रे, सफायर ब्लु, सिल्की पर्ल ह्वाइट ।

इसुजु भी–क्रसको मूल्य नेपालमा ७६.९० लाख रुपैयाँ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x