२२ असार २०८३, सोमबार

७६ जिल्लामा फैलियो डेंगु, ४४ को मृत्यु

७६ जिल्लामा फैलियो डेंगु, ४४ को मृत्यु

हालसम्म डेंगुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार ९७५ जनामा सो रोग संक्रमण पुष्टि भएको छ । 

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५४६ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोमवार २६ कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५६९ छ । 

हालसम्म नेपालमा ९ लाख ९९ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ लाख ७८ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्