मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
असोज २५, २०७९
आगामी ४ मंसिरका लागि आइतवार मनोनयन दर्ता भएसँगै अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ । भर्खर सकिएको दशैंले बजारमा ५७ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
दशैं सकिएसँगै अर्थतन्त्र चलायमान गराउने माध्यम बनेर चुनावी माहोल तातिसकेको छ ।
दशैं र तिहार सकिएसँगै चुनावी रौनक बढेकाले अर्थतन्त्रमा औपचारिक प्रणालीबाट मात्रै थप साढे २१ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको छ ।
नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल २६ भदौदेखि २३ असोजसम्मको दशैँ अवधिभरको समयमा मात्रै बैंकिङ प्रणालीमार्फत बजारमा पटक–पटक गरेर ५७ अर्ब रुपैयाँभन्दा बढी पठाइसकिएको बताउँछन् ।
उनले भने, ‘केन्द्रीय बैंकले नयाँ नोटको सटही शुरू गरेदेखिको दशैंभरीमा ५६ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । दशैं सकिएपछिको पहिलो दिन कार्यालय शुरू हुँदा आइतवार थप १ अर्ब रुपैयाँ बजारमा गएको छ ।’
आइतवारसम्म दशैं नै रहेकाले उक्त दिन बजारमा गएको पैसालाई समेत दशैं अवधिभरको खर्च मान्न सकिने नेपालले बताए ।
यो अवधिमा साना दरका ५ देखि १०० सम्मका नोट १६ अर्ब रुपैयाँ र ठूला दरका ५ सय १ हजार दरका ४१ अर्ब रुपैयाँ बजारमा परिचालन भएको नेपालले बताए ।
यो रकम अघिल्लो वर्षको दशैं भन्दा ५ अर्बले बढी रहेको उनले जानकारी दिए ।
चाडबाडले उसै पनि अर्थतन्त्र चलायमान हुने गरेको छ । यसपटक भने नेपालीहरूको महान चाड दशैं तिहार र छट सकिएलगत्तै चुनाव हुने भएको छ ।
चुनावलाई दशैंजस्तै अर्थतन्त्र चलायमान बनाउने चाडकै रूपमा अर्थतन्त्रले हेर्ने गरेको छ । चुनावले पनि ठूला चाडजस्तै अर्थतन्त्र चलायमान गराउँछ ।
चाडबाडमा खानपानदेखि किनमेलसम्म हुन्छ । चाडले सामान्य व्यक्तिदेखि हुने खाने उच्च वर्गसम्मको खर्च बढाउँछ । चुनावले भने नेता, कार्यकर्ता र राज्यले गर्ने खर्च मात्रै हुन्छ ।
चुनावले खासगरी प्रचारात्मक गतिविधिसहित खानपान र भोजभतेरमा बढी खर्च गराउँछ । त्यसैले चाडबाडको बेला चलायमान हुने जत्ति नै चुनावको बेला पनि अर्थतन्त्र चलायमान हुने गरेको अर्थशास्त्रीहरू बताउँछन् ।
यो वर्ष प्रतिनिधि सभाको चुनावका लागि सरकारले १० अर्ब, पार्टीका उम्मेदवारहरूबाट तोकिएको सीमाभित्रकै खर्च करीब साढे ११ अर्ब र अरु अनौपचारिक प्रणालीबाट हुने सहितको खर्च गरेर करीब ३० अर्बभन्दा बढी पुग्ने अनुमान केन्द्रीय बैंकको छ । औपचारिक खर्चको हिसाब आउने र अनौपचारिकको आउँदैन ।
चुनावमा उम्मेदवारले पनि तोकिएको सीमाभन्दा बढी खर्च देखाउन नपाउने हुँदा व्यवहारमा धेरै खर्च भएपनि औपचारिक रूपमा हुने जानकारी र प्रणालीमा भने कम मात्रै देखिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको भनाइ छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि प्रतिउम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको छ ।
यस्तो सीमा प्रदेशसभा निर्वाचनका लागि भने प्रति उम्मेदवार १५ देखि २३ लाख रुपैयाँसम्मको मात्रै छ ।
अगामी चुनावमा प्रतिनिधिसभामा २५ सय र प्रदेशसभा निर्वाचनको लागि २८ सय उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका यी उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा साढे ११ अर्ब रुपैयाँ हुन आउँछ ।
यस्तो खर्च स्थानीय तहको चुनावको तुलनामा १५ अर्ब रुपैयाँसम्मले बढी हुने अनुमान गरिएको छ । यसअघि स्थानीय तहको चुनावमा मात्रै बैंकिङ प्रणालीबाटै भएको खर्च १६ अर्ब रुपैयाँ पुगेको थियो ।
नेपालको अर्थतन्त्र नै ४० प्रतिशत अनौपचारिक प्रणालीमा आधारित रहेको छ । सबै पैसा बैंकिङ प्रणालीबाट नजाने भएकाले औपचारिक प्रणालीबाट ६० प्रतिशत हुँदा अनौपचारिकबाट बाँकी ४० प्रतिशससम्म गरेको छ ।
यही आधारमा पनि चुनावमा समेत ६० प्रतिशत औपचारिक माध्यमबाट खर्च हुँदा ४० प्रतिशतभन्दा बढी अनौपचारिक रूपमा खर्च हुने अनुमान गरिएको छ ।
यसअघि २०७४ को प्रतिनिधिसभा चुनावमा पनि करीब २५ अर्ब रुपैयाँ खर्च भएको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ । बजारबाट माग आएपछि बैंकहरूबाट हुने कारोवारलाई नै खर्च मान्ने गरिएको छ ।
राष्ट्र बैंकसँग १ खर्ब ५० अर्ब सञ्चित रहेकाले बजारबाट आएको मागलाई बैंकमार्फत मागअनुसार पूर्ति गर्न समस्या नभएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपालको भनाइ छ ।
दशैंभरीमा बैंकमा थपियो ४ अर्ब
यो वर्षको दशैंमा बजारमा गएको रकमको तुलनामा बैंकमा थपिएको निक्षेपको हिस्सा भने निकै थोरै छ । बजारमा बैंकहरूमार्फत ५७ अर्ब गएपनि औपचारिक रूपमा निक्षेप भने जम्मा ४ अर्ब रुपैयाँ मात्रै थपिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार दशैंको बिदा शुरु हुनु अघिल्लो दिन १४ असोजमा बैंकिङ प्रणालीमा ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तो निक्षेप दशैं अवधिभरको ९ दिनमा ४ अर्ब रुपैयाँले बढेर ५१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने जम्मा १ अर्ब रुपैयाँले मात्रै थपिएको छ । वाणिज्य बैंकहरूमा १४ असोजमा ४५ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
यस्तो निक्षेप दशैंभरीमा १ अर्बले बढेर २३ असोजमा ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...