रुसले युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा लगातार क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनमा इन्टरनेट सेवाप्रवाह धर्मराउन थालेको नेटब्लक्स वेबसाइटले जानकारी दिएको छ ।
क्राइमियालाई रुसको मुख्यभूमिसँग जोड्ने कर्च पुलमा युक्रेनीहरूले आक्रमण गरेपछि प्रतिकारका रूपमा रुसले युक्रेनको राजधानी किएभ तथा अन्य शहरहरूमा सोमवारबाट व्यापक क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । त्यसक्रममा रुसले युक्रेनको विद्युतीय, इन्टरनेट तथा अन्य नागरिक संरचनालाई समेत तारो बनाइरहेको छ ।