×

NMB BANK
NIC ASIA

भारतमा मानवबलि दिइएको वीभत्स घटना सार्वजनिक

असोज २७, २०७९

NTC
Premier Steels

भारतको केरल राज्यमा दुई महिलाको बलि दिइएको वीभत्स घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

मंगलवार यस घटनाको खुलासा भएको थियो । बलि चढाइएका महिलालाई तान्त्रिक मोहम्मद शफीले डक्टर भगावल सिंह र पत्नी लैलासमक्ष ल्याएको पाइएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पद्मा र रोसेलिन नामक महिलाहरूलाई सेप्टेम्बर २७ मा नै बलि दिइएको थियो । पद्मा त्यसको अघिल्लो दिन बेपत्ता भएकी थिई । त्यसपछि उसको घर नजिक रहेका सीसीटीभी क्यामराहरू हेरियो । 


Advertisment
Nabil box
Kumari

भिडियोमा पद्मा एउटा सेतो स्कोर्पियो गाडीमा चढेको अनि पछि एउटा सडक पारि गएको देखिन्छ । आरोपित शफी पनि उनीसँगै देखिन्छ । पद्माको मोबाइल फोनको लोकेसनलाई पछ्याउँदै जाँदा प्रहरीको टोली शफीसम्म पुगेको हो । 

Vianet communication

अक्टोबर ९ मा प्रहरीले भगावल सिंहका छिमेकी जोस टमसको घरमा रहेको सीसीटीभी क्यामराको फूटेज हेरेको थियो । त्यसमा स्कोर्पियो र पद्मा दुवै देखिन्छन् । गाडी भगावलको घरतिरै जाँदै थियो । 

त्यसपछि प्रहरीले उसलाई सोधपुछ गर्‍यो । उसले पद्मा र रोसेलिन दुवैको हत्या गरेको कबुल्यो । 

अनुसन्धानका क्रममा प्रहरीले वरपरका खाल्डाहरूमा दुवै शवका टुक्राहरू राखिएका ६१ वटा प्याकेट फेला पारेको थियो । 

त्रिरुवल्लामा बस्ने भगावल आर्थिक समस्यामा थियो । उसकी पत्नी लैलाले फेसबूकमार्फत पेरुंबवूरमा बस्ने तान्त्रिक शफीसँग सम्पर्क गरी । 

शफीले मानवबलि दिएमा भगवान् खुशी हुने अनि आर्थिक समस्या समाधान हुने बतायो । उसले दुई महिलाको बलि दिन भन्यो । बलिका लागि महिलाको व्यवस्था पनि आफैंले गर्ने उसले बतायो । ऊ मानव तस्करी पनि गर्थ्यो । 

शफीले कलाडी र कदवन्तरामा बस्ने पद्मा र रोसेलिनलाई आफ्नो जालमा फसायो । शफीले पद्मालाई भगावलको घरमा यौनक्रीडाका लागि ल्याएको थियो । त्यसका लागि पद्मालाई १५ हजार भारु दिने कुरा पनि गरेको थियो । 

रोसेलिनलाई चाहिँ गत जुन महिनामा भगावलको घरमा पोर्न फिल्ममा काम गर्ने भनी ल्याइएको थियो । उसलाई १० लाख भारु दिने प्रस्ताव गरिएको थियो । 

शफीले महिलाहरूलाई त्रिरुवल्ला ल्यायो । त्यहाँबाट भगावल र पद्मा अनि तान्त्रिक दुवै महिलालाई लिएर एलन्थूर पुगे । त्यहाँ नै उनीहरूलाई बलि दिइयो । शफीलाई त्यसका लागि लगभग तीन लाख भारु दिइएको थियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

दुई महिलालाई मानवबलि दिइएपछि केरलमा कालो जादूविरुद्धको कानून बनाउनुपर्ने माग उठेको छ । तीन वर्षअघि विधेयक बनेको भए पनि विधानसभामा पेश गरिएको थिएन । विधेयकमा कालो जादू र मानवबलि रोक्ने प्रावधान थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x