×

NMB BANK
NIC ASIA

नेपालमा उडान गर्न अमेरिकी र युरोपेली वायु सेवा कम्पनीको इच्छा

असोज २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा सिधा हवाइ उडान गर्न अमेरिका र युरोपेली वायु सेवा कम्पनीले इच्छा देखाएका छन् ।

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार नेपालले स्वीटजरल्यान्डसँग हवाइ सेवा सम्झौता अगाडि नै कोड शेयर गरेर उडान गर्ने विषयमा द्विपक्षीय सम्झौता भइसकेको छ । यस्तो सम्झौतापछि दुवै देशलेको वायुसेवाले कोड शेयरमार्फत सम्बन्धित देशका यात्रुलाई सुविधा दिने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो सम्झौतापछि नेपालबाट स्वीटजरल्यान्ड सिधा उडान नहुँदा पनि कोड शेयरमार्फत नेपाल वायुसेवा निगमले नै ट्रान्जिटमार्फत यात्रुलाई सम्बन्धित वायुसेवामार्फत सेवा दिन सक्छ । 


Advertisment
Nabil box
Kumari

हवाई सम्झौतापश्चात नेपालमा अमेरिकी तथा स्वीटजरल्यान्डको सिधा उडान हुन सक्छ । तत्काल नेपालबाट युरोप र अमेरिका उडान हुन गर्ने क्षमता नेपाली वायुसेवासँग नभएपनि सम्बन्धित देशले नेपालमा भने उडान गर्न सक्छन् । हवाई सम्झौता दुबै मुलुकले बराबरी अधिकार पाउने गरी हुन्छ ।

Vianet communication
Laxmi Bank

यस्तो सम्झौता गर्न अमेरिका र स्वीटजरल्यान्ड इच्छुक भएकाले सम्झौता लागि नेपाल सरकारको स्वीकृति दिनुपर्छ । सरकारले स्वीकृति दिएमा आगामी डिसेम्बरसम्ममा अमेरिका र स्वीटजरल्यान्डसँग हवाइ सेवा सम्झौता हुन सक्ने अवस्था रहेको प्राधीकरणका महानिर्देशक अधिकारीले बताए । 

हवाई सम्झौता गर्न अमेरिकाले भने सम्झौताका प्रारम्भिक खाकासमेत दिइसकेको पनि महानिर्देशक अधिकारीले जानकारी दिए ।

नेपाली वायुसेवालाई यूरोपेली युनियन (ईयू) ले प्रतिबन्ध लगाएको अवस्थामा युरोपेली देशबाटै हवाइ सम्झौताको प्रस्ताव आउनुलाई सकारात्मक मान्नुपर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार १० वर्षसम्म नेपाली उड्डयन क्षेत्रलाई ईयूको कालोसूचीमा राखिरहनु भने विडम्बना हो । तर, पनि नेपालमा यूरोपेली वायुसेवाले इच्छा देखाउनुलाई सकारात्मक मानिएको छ ।

पोखरा विमानस्थल तोकिएकै समयमा सञ्चालन हुन नसक्ने

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएको समयमा नै सञ्चालन हुन नसक्ने भएको छ । पोखरा विमानस्थल आगामी १ जनावरी २०२३ बाट सञ्चलन गर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले गरेको छ ।

प्राधिकरणले निर्णय गरेपछि फिल्डमा भएको तयारीसहितको विषयको प्रगति भने कमजोर छ । 

यो विमानस्थल सञ्चालन गर्न ४० मिटरको रिट्ठेपानी ठाँडा काट्नु सबैभन्दा ठूलो चुनौती छ । डाँडा कटान गर्न प्राधीकरणले प्रस्ताव माग गरिसकेको भएपनि व्यवहारिक रूपमा हुने काम र ल्यान्डफिल साइटको व्यवस्थापन सबैभन्दा बढी चुनौतिपूर्ण हुनेछ । 

ल्यान्डफिल्ड साइट व्यवस्थापन पछिल्लो समय राजनीतिक मुद्दासमेत बन्न थालेकाले पनि समयमा नै यो विमानस्थल सञ्चालनमा समस्या हुने देखिएको छ । 

रिट्ठेपानी डाँडा काट्न कम्तीमा ६ महिना लाग्छ । तर, प्राधिकरणले भने भर्खर डाँडा कटानको ठेक्का लगाउने प्रक्रिया अगाडि सारेको छ । ४० मिटरको डाँडामध्ये १४ मिटर नकाटेसम्म क्यालिब्रेसन फ्लाइट समेत हुँदैन । पूरै डाँडा काटेर ४ लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने छ । 

विमानस्थल सञ्चालन तोकिएको समयमा गर्न रहेका र त्यसका लागि आवश्यक तयारी पनि भइरहेको प्राधिकरणले जनाएको छ । यो विमानस्थल सञ्चालन गर्न ल्याण्डफिल्ड साइटको व्यवस्थापन सबैभन्दा ठूलो चुनौति छ । 

यो विमानस्थल सञ्चालनसँगै हवाइ रुटको व्यवस्थापन पनि आवश्यक रहेको वायुसेवा कम्पनीको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको बुद्ध एयरले उडान सञ्चालन गर्न केही शर्त अगाडि सारेको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यो विमानस्थलबाट उडान गर्न बुद्ध एयर तयार छ । तर, यसका लागि उडान रूटको सहज व्यवस्थापनदेखि प्राविधिक विषयका जटिललाई सहजीकरण गर्नुपर्छ’

पोखरा विमानस्थलबाट एटीआर ७२ जहाजबाटै दिल्ली उडान सञ्चालन गर्न दिनुपर्ने,  २० हजार फिटभन्दा कमको उचाइमा उडान गर्ने हवाई रुटमा उडान अनुमति दिनुपर्ने र दैनिक २ वटा उडान पाउनुपर्नेसहितको शर्त बुद्ध एयरले अगाडि सारेको छ ।

सरकारले २२ अर्ब लगानी गरेको यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय मात्रै हो । यस विमानस्थल सञ्चालन गरेर लाभ लिन पनि प्राधिकरणलाई कठिन छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x