
बलिउड अभिनेत्री कट्रिना कैफले हालैको एक अन्तर्वार्तामा विवाहपछिको आफ्नो जीवन र पति विक्की कौशलको जीवनमा आएको परिवर्तनबारे खुलेर कुरा गरेकी छिन् ।
यससँगै उनले सुटिङका कारण विक्कीसँग धेरै समय बिताउन नपाएको पनि बताएकी छन् ।
विवाहपछि उनको जीवनमा के परिवर्तन आयो भन्ने प्रश्नको जवाफमा कट्रिनाले भनेकी छन्, ‘विवाहले सबैको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । तपाईं कसैसँग आफ्नो जीवन बाँड्दै हुनुहुन्छ र आफ्नो बाँकी जीवन उहाँसँग रहनुहुन्छ । यो धेरै सुन्दर यात्रा हो। हामी धेरैजसो सुटिङमा बाहिरै बस्छौं, मलाई लाग्छ हरेक अभिनेताको जीवनमा यस्तो हुन्छ ।'
कट्रिनाले विक्की अद्भुत व्यक्ति भएको समेत बताइन् ।
उनले आफूहरू धेरै बाहिर रहने भएकाले सँगै समय निक कम बिताएको समेत बताइन् ।
कट्रिना र विक्कीले गत वर्ष डिसेम्बर ९, २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए।
दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए ।
कट्रिना चाँडै नै हरर कमेडी फिल्म 'फोन भूत'मा देखिनेछिन् ।
फिल्ममा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि अभिनय रहेको छ ।
यसबाहेक उनी सलमान खानसँग फिल्म ‘टाइगर ३’ मा पनि देखिनेछिन् ।