२५ असार २०८३, बिहीबार

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरू हुँदै, कुन–कुन टिम छन् सहभागी ?

असोज ३०, २०७९
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरू हुँदै, कुन–कुन टिम छन् सहभागी ?

आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज (आइतवार)बाट अष्ट्रेलियामा शुरू हुँदैछ ।

भिक्टोरियामा आइतवार पहिलो राउण्ड अन्तर्गत समूह 'ए' का दुई खेल हुँदैछन् । 

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।

आइतवार नै हुने दोस्रो खेलमा समूह 'ए' का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् ।  जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड  खेल्नेछन् । 

पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।

दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्ने छन् ।

सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह 'ए' को बिजेता र पहिलो राउण्ड समूह 'बी' को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह 'बी' को बिजेता र पहिलो राउण्ड समूह 'ए' को उपबिजेता रहने छन् ।

यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्