२९ असार २०८३, सोमबार

कोकाकोलाले वैदेशिक रोजगारीमा गएका १४ जनालाई दशैं मनाउन नेपाल ल्यायो

कात्तिक १, २०७९
कोकाकोलाले वैदेशिक रोजगारीमा गएका १४ जनालाई दशैं मनाउन नेपाल ल्यायो

कोकाकोला नेपालले विजयादशमी तथा दिपावलीको अवसरमा विदेशमा रहेका नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।  

सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई नेपाल ल्याएको कम्पनीले जनाएको छ । ु

वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको छ ।

यसरी घर फर्कन पाउनेहरु मध्य एक कान्छी माया तामाङ्गले ११ वर्षदेखि आफू वैदेशिक रोजगारीमा रहेको र ६ वर्षपछि नेपाल आउन पाउँदा खुशी लागेको बताइन् । 

उनले हरेक वर्ष दशैं र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साह्रै पीडा हुने गरेको समेत बताइन् । 

उनले भनिन्,‘मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कम्पनीले सम्बन्धमा विश्वास गर्ने र चाडबाडमा सम्बन्धलाई नजिक ल्याउन सधैं काम गर्ने जानकारी दिइन् ।

‘दशैंको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमा उहाँँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ,’ उनले भने ।

 
 

salt training

कमेन्ट गर्नुहोस्