१२ साउन २०८३, मंगलबार

बहुप्रतीक्षित फिल्मको सूचीमा सबैभन्दा अगाडि 'पुष्पा २', कहिले आउँछ हलमा ?

कात्तिक ३, २०७९
बहुप्रतीक्षित फिल्मको सूचीमा सबैभन्दा अगाडि 'पुष्पा २',  कहिले आउँछ हलमा ?

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ लाई आगामी दिनमा पान इन्डियाको सबैभन्दा प्रतिक्षित फिल्म मध्ये एक मानिन्छ। 

फिल्मको पहिलो भाग बक्स अफिसमा निकै हिट भएको थियो । 

फिल्मले हिन्दी भाषामा मात्रै १०० करोडभन्दा बढी कमाई गरेर सबैलाई चकित बनाएको थियो ।

यसको दोस्रो भागलाई लिएर पनि फ्यानमा निकै उत्साह छ । 

अब बहुप्रतीक्षित फिल्मको सूचीमा पुष्पा २ ले शाहरुख खानको फिल्म पठान र सलमान खानको फिल्म टाइगरलाई पनि पछि पारेको विष्लेशण गर्न थालिएको छ ।

सुकुमारद्वारा निर्देशित पुष्पा द राइजमा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा थिए। 

फिल्मको दोस्रो भागमा पनि यही स्टारकास्ट देखिनेछ । 

चलचित्रको दोस्रो भागको छायांकन धमाधम भईरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्