इटलीको अमालफीमा क्रिस्चियन धर्मसँग सम्बन्धित अनेकौं ऐतिहासिक स्थल छन् ।
तीमध्ये एक क्याथेड्रलमा बेलायतकी एक महिलाले अर्धनग्न भएर तस्वीर खिचाउँदा हंगामा मच्चिएको छ । महिलाले आफूलाई रातो टालो मात्रले छोपेकी थिइन् ।
आफ्नो इटली भ्रमण स्मरणीय बनाउन यो काम गरेको ती महिलाको भनाइ छ ।
अन्य दुई पर्यटकले उनलाई यो अश्लील हर्कत गर्न सघाएका थिए ।
आफ्नो यो स्टन्ट सफल भएको किनकि त्यहाँ पुगेका मानिसले रोकिएरै आफूलाई हेरेको उनी बताउँछिन् । उनले क्याथेड्रलको भर्याङमा फोटोशूट गरेकी थिइन् ।
ती महिला उभिएको ढोकामाथि जिसस क्राइस्टको तस्वीर बनाइएको देखिन्छ ।
स्थानीय अधिकारीहरू घटनास्थलमा पुगेपछि फोटोशूट रोकिएको थियो । फोटो खिचाउने अनि खिच्न सहयोग गर्ने तीनैजनालाई चेतावनी दिइएको छ ।
ती महिलाले यसरी धार्मिक स्थलमा फोटोशूट गराउँदा कन्जर्भेटिभ इटालेलीहरू रिसाएका छन् ।