०७ असार २०८३, आइतबार

एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिइने

कात्तिक ५, २०७९
एसईईमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिइने
प्रतिकात्मक तस्वीर

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए प्लस’ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।

नगर सभाबाट पारित भएको कार्यक्रम नगरको चालू वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

मासिक रूपमा विद्यार्थीहरूलाई २ हजार भत्ता दिन शुरू गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या समेत टर्ने विश्वास रहेको उनले बताए ।

यस्तो भत्ता एसईई पास भएर १२ कक्षाको पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसईईमा ‘ए’ प्लस ल्याएर ११ कक्षामा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरूलाई भने नदिइने नगर प्रमुख जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्