२६ असार २०८३, शुक्रबार

नेप्से परिसूचक १४.३५ अंकले वृद्धि

कात्तिक ६, २०७९
नेप्से परिसूचक १४.३५ अंकले वृद्धि

साताको पहिलो तथा तिहार अघिको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १४ अंकले बढेको छ । पछिल्लो समय लगातार रुपका गिरावट हुँदै आएको नेप्से परिसूचक आईतवार १४.३५ अंकले बढेर बन्द भएको हो । त्यस्तै सन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंकले र सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ ।

आइतवार कारोबारमा आएका २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । 

आइतवार नेप्सेका १३ उपसमूहमा ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको सूचक घटेको छ । जसमा होटल र म्युचुअल फण्डको सूचक घटेको छ । तर,निर्जीवन बीमा, हाइड्रोपावर र विकास बैंक उससमूहको सूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

नेप्से परिसूचक बढेसँगै आइतवार रुरु जलविद्युत् र सयपत्री हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, जनउत्थान लघुवित्तको ४.१५ प्रतिशत, किसान लघुवित्तको ४.०४ प्रतिशत र मिथिला लघुवित्तको ३.९८ प्रतिशतले बढेको छ । तर,यता अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.०३ प्रतिशतले घटेको छ । आईतवार एभरेष्ट बैंकको सबैभन्दा धेरै ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्