१२ साउन २०८३, मंगलबार

‘नेकपा एमाले जिन्दावाद, जीत कस्को छाताको, सूर्य कमल थापाको !’

कात्तिक ६, २०७९
‘नेकपा एमाले जिन्दावाद, जीत कस्को छाताको, सूर्य कमल थापाको !’

२५ वर्षदेखि देउसी भैलोमार्फत राजनीतिक विकृतिमाथि प्रहार गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि बेजोड देउसी भैलो तयार गरेको छ । प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानीले शनिवार प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा देउसी भैलो रेकर्ड गराएको हो । 

राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको देउसी भैलो कार्यक्रम विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक हुनेछ । यसपटकको देउसी भैलोमा सिस्नुपानीले गठबन्धन गरेका दलप्रति कठोर प्रहार गरेको छ । 
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सबैप्रति व्यंग गरिएको छ । 

यस्तो छ, देउसी भैलोको एउटा अंश 

नेपाली कांग्रेस– जिन्दावाद !
भोट केमा ? हतौडामा । 
माओवादी केन्द्र– जिन्दावाद ! 
भोट के मा रुखमा ?
यो जीत कस्को– थाहा छैन !
आफ्नैलाई भोट हाल्न पाछैन ।
०००
नेकपा एमाले– जिन्दावाद !
भोट के मा ? हलोमा !
यो जित कस्को ? छाताको !
सूर्य चिन्ह कमल थापाको ! 

 

salt training

कमेन्ट गर्नुहोस्