०२ असार २०८३, मंगलबार

यस्तो पहिरन लगाएर पुगेपछि अफिसले पठायो घर फिर्ता, टिकटकमा भइन् भाइरल

कात्तिक ८, २०७९
यस्तो पहिरन लगाएर पुगेपछि अफिसले पठायो घर फिर्ता, टिकटकमा भइन् भाइरल

एक महिलाले आफ्नो पहिरनकै कारण अफिसबाट घर पठाइएको दाबी गरेकी छन् ।

ती महिलाले भिडियो बनाएर पूरै घटना सुनाइन्, जुन भाइरल भएको छ । भिडियो शेयर गर्दै धेरैले भनेका छन्, उनी सुन्दर र व्यावसायिक देखिन्छन् । 

ती महिलाले टिकटकमा खुला खालको टप लगाएको भिडियो पोस्ट गरेर मानिसहरूसँग उनीहरूको राय सोधेकी छन् । 

@NotMarieDee को नाममा भिडियो सेयर गर्दै ती महिलाले टिकटक प्रयोगकर्ताहरूलाई कम्पनीको यो कारबाहीपछि जागिर छोड्ने कि के गर्ने भनेर पनि सोधिन् ।

यद्यपि महिलाको पहिरनमा कम्पनीले के खोट देखाएको हो भन्ने खुलेको छैन ।

भिडियो पोस्ट गर्दै महिलाले लेखेकी छन्– के मैले जागिर छोड्नु पर्छ ? टिकटकमा महिलाको भिडियो हेरेपछि धेरैले आफ्नो राय पनि दिएका छन् ।

टिकटकमा महिलाको भिडियो हेरेपछि धेरैले आफ्नो राय पनि दिएका छन् । 

एक प्रयोगकर्ताले लेखे- म पनि विचलित हुन सक्थेँ। तर अर्को पक्ष महिलासँगै उभिएको देखियो । 

उनीहरूले पहिरनकै कारण महिलालाई घर पठाउन नहुने राय व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्