×

NMB BANK
NIC ASIA

फेरिएको तिहार : अघिल्लो पुस्तालाई छक्क पार्दै

कात्तिक ८, २०७९

NTC
Premier Steels

भैलिनी आइन् आँगन....
.......
‘हरियो गोबरले लिपेको ......’ ।

Muktinath Bank

तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर, अब कहाँ पाउनु हरियो गोबर ? कंक्रिटको घर कंक्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको शहरमा धेरै भयो । ‘भर्खर संसार चिन्दै गरेका केटाकेटीलाई हरियो गोबरबारे बुझाउन कक्षा नै चलाउनुपर्ने देखिन्छ’, अहिले चन्द्रागिरि नगरपालिका–१५ हुन पुगेको तीनथाना गाउँविकास समितिका तत्कालीन अध्यक्ष गोपीचन्द्र कार्की बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वर्ष अघिसम्म स्वदेशी मौलिकपन बचाएको ठानिने काँठमा समेत हरियो गोबरले लिप्नुको साटो आयातित रङ प्रयोग गरेर विभिन्न आकृति (रङ्गोली) बनाउने गरिएको छ । खासगरी युट्युबमा हेरेर त्यस्तै सिको गर्ने चलन अहिले सबैतिर छ । हरियो गोबर मात्र होइन ‘हरियो गोबरले लिपेको ......’ भन्दै भैलो खेल्न आउने पनि हराए । 


Advertisment
Nabil box
Kumari

बाटो छेउमा रहेको कार्कीको घरमा रातभर देउसीभैलो खेल्ने समूह पुग्थे । गत वर्ष दुई वटा समूह मात्र छिरेपछि परिवारमा कुरा भयो ‘अब देउसीभैलो लोप हुने भयो’ । यसपालि त अझ राति झण्डै ११ बजेसम्म बस्दा पनि कोही आएनन् । 

Vianet communication

आफ्नो बाल्यकाल र किशोर अवस्था सम्झँदै कार्की भन्छन्, दशैं सकिनासाथ टोल छिमेकमा जम्मा हुने र देउसीभैलोका लागि कसले लालटिन किन्ने ? कसले मट्टितेल किन्ने आदि जिम्मेवारी बाँडफाँट हुन्थ्यो । रातभरि देउसी खेलिन्थ्यो । एउटा घरबाट एकमाना जति धान, त्यतिनै चामल, सेलरोटी र १०÷१५ पैसाको दक्षिणा मिल्थ्यो । त्यसैलाई भाग लगाएर टीकाका दिन दिदीबहिनीलाई दक्षिणा दिथ्यौँ र जम्मा भएको धान चामल उपयोग गर्न एक दिन वनभोज जाने चलन थियो । अब ती सबै सम्झनामा मात्र भए ।’ 

यस्तै अनुभूति छ, अहिले दक्षिणकाली नगरपालिकामा पर्ने तत्कालीन शेषनारायण गाविसका अध्यक्ष शशी शर्मा पौडेलको पनि । विसं २०५१ मा उनी गाविस अध्यक्ष रहँदा रातभर देउसीभैलो हुने र त्यसमा केही विकृति पनि देखिन थालेको थियो । दक्षिणाको लागि मोलमोलाई गर्ने भने जति नदिए जे पायो त्यही बोलेर हिँड्ने प्रवृत्ति देखा परेको थियो । त्यसपछि गाउँका केही पाका मानिस जम्मा गरेर राति ११ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने र दक्षिणासमेत २५ रुपैयाँभन्दा बढी माग्ने निर्णय भएको उनले बताए । 

त्यसलाई कार्यान्वयन गर्न गाविसले प्रहरी परिचालन मात्र गरेन, गाविस पदाधिकारी सबैलाई अनुगमनमा खटायो । पछि त्यसलाई गाउँमै एक सामुदायिक भेला गरेर ५१ रुपैयाँसम्म पु¥याउने निर्णय भएको पनि उनी बताउँछन् । तर, देउसीभैलो विस्तारै सेलाउँदै गएको अनुभव उनको छ । समयअनुसार बाजागाजा, साउण्ड सिस्टम आदि थपिँदै जानु स्वाभाविक भए पनि लोप नै हुने अवस्था आउन भने दिन नहुने उनी बताउँछन् । 

सबैभन्दा धेरै त रङ्गीन बत्तीले तिहारको फरकपन अनुभूत गराउँछ । ‘उज्यालो र बत्तीको पर्वका रूपमा मानिने तिहारमा यति धरै बत्ती कहाँ बल्थे र ?’, आफ्नै बालककाल सम्झँदै ७१ वर्षीय शर्मा भन्छन् । उनका अनुसार त्यतिबेला आजका विद्युत्तीय बत्तीको कल्पना नगरिएको मात्र होइन काँठमा मैनबत्ती पनि थिएन । केराको सुत्लालाई काटेर त्यसमाथि एकछिन बालेको बत्ती नै त्यतिबेलाको तिहारको उज्यालो थियो । त्यतिबेला तरकारीमा भुटन हाल्नसमेत तेल नपुग्ने बेला पालामा दियो तेल हालेर धेरैबेर बत्ती बाल्नसमेत अधिकांश मान्छे सक्ने थिएनन् । शहर पुग्दा शून्य वाटको चिमको एक लहर केही व्यापारीको घरमा देखिन्थ्यो । 

‘त्यो नै हाम्रा लागि अचम्मको कुरा हुन्थ्यो’, उनको भनाइ छ । तीनथानामा केही मानिसले घर ढलान गर्दा माथिल्लो टपमा तिहारका लागि होल्डर फिट गर्न थालेका थिए । अहिले त्यो पनि पुरानो चलन हुन थालेको कार्की बताउँछन् । 

भाइलाई दिइने मसला र फलफूलमा पनि निकै मात्रामा परिवर्तन भएको महसुस वयोवृद्धहरू गर्दैछन् । अहिलेभन्दा निकै परिमाणमा मसला र गाउँघरकै सुन्तला, अम्बा र हलुवावेद फलफूलका रूपमा प्रयोग हुन्थ्यो । ‘सिङ्गो फर्पिङ बजारमा एउटै फलफूल पसल थिएन’, शर्मा भन्छन् । उनका अनुसार तिहारको विशेष मसला भनेकै कटुस हुन्थ्यो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x