कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि
उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि...’
स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कवितामा शर्मा अघि थप्छन् –
‘पुण्य आत्मा भयो हाम्रा श्वेतगिरि हिमालझैँ
टल्किने चन्द्रको कान्ति मनभित्र सुवास भई...’
कवि शर्माले अनुष्टुप छन्दको उक्त कविता विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा सुनाउँदै थिए ।
महाकवि देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा पुस्तकालयले यहाँका कवि, लेखकलाई जुटाएको थियो ।
स्रष्टा भीमप्रसाद शर्माले आफ्नो रचनामा महाकवि देवकोटालाई ‘नेपालका रवि’को उपमा दिए ।
‘हिमालसरि अटल बन्यौ साहित्यका तारा
समाजलाई सुनै भए तिम्रा कृति सारा
महान कामले भएका छौ तिमी महाकवि
अन्धकारै हटाइदिने नेपालकै रवि...’
समाजका खराब प्रवृत्तिप्रति कटाक्ष गर्दै स्रष्टा कोपिला कँडेलले ‘मलाई गरिब बन्नु छैन’ कविता समारोहमा सुनाइन् ।
‘देवकोटा मलाई गरिब बन्नु छैन
बरु हरिप बन्नु छ
मलाई कविता पनि लेख्नु छैन
कविता लेखेर के काम ?
न खान, न लाउन दिन्छ
न बस्ती दिन्छ
न मोजमस्ती दिन्छ
मलाई त नेता बन्नुछ
कर्मचारी बन्नुछ
भ्रष्टचारी बन्नुछ
गरिब, दुःखी, किसान, मजदुरको नारा लगाउँदै
बैवभशाली बन्नुछ...’
व्यङ्गमिश्रित रचनाबाट स्रष्टा कँडेलले राजनीतिका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हानेकी थिइन् । प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए ।
कतिपय रचना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित ।
भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहवाही पाए ।
साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा लिए ।
“विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध पार्नुभएको छ”, उनले भने,“उहाँका रचनामा पाइने मुख्य विशेषता भनेको संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता हो ।”
वरिष्ठ अधिवक्ता एवं इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले महाकवि देवकोटालाई समयको अगुवाका रुपमा चिनाए ।
“देवकोटालाई पढिएन र बुझिएन भने नेपाली साहित्यको अध्ययन पनि अपुरो हुन्छ”, उनले भने, “अहिलेको नयाँ पुस्ताले देवकोटाका कृति पढ्नु आवश्यक छ ।”
नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको श्रेष्ठले बताए । पुस्तकालयका सचिव राजनप्रसाद शर्माले काव्य गोष्ठीमा स्रष्टा शर्माको ‘लक्ष्मी’ कविता पहिलो बनेको जानकारी दिए ।
भीमप्रसाद शर्माको ‘नेपालका रवि’ले दोस्रो र कोपिला कँडेलको ‘मलाई गरिब बन्नु छैन’ कविताले तेस्रो स्थान पाएको थियो । विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र दिइएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा दश जनाले भाग लिएका थिए ।
पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको सो पुस्तकालयले स्थापनाको सुरुदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ ।
विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति नै बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताए । “महाकवि देवकोटा जयन्तीलाई विशिष्ट ढङ्गले मनाउँदै आएका छौँ”, उनले भने,“हरेक वर्ष प्रतियोगितात्मक काव्य गोष्ठी हुन्छ, महाकविमाथि परिचर्चा र विमर्श हुन्छ ।” रासस
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...