१० साउन २०८३, आइतबार

थ्याङ्क गडले पहिलो दिनमा कति कमायो ?

कात्तिक १०, २०७९
थ्याङ्क गडले पहिलो दिनमा कति कमायो ?

बलिउडको पारिवारिक कमेडी चलचित्र 'थ्याङ्क गॉड' ले आफ्नो पहिलो दिन घरेलु बक्स अफिसमा करिब आठ करोड भारतीय रुपैयाँ कमाएको छ ।

अजय देवगन, सिद्धार्थ मल्होत्रा ​​र रकुल प्रीत सिंह स्टारर फिल्म मंगलवार हलमा रिलिज भएको हो ।

'थ्याङ्क गॉड' लाई दिग्गज फिल्म निर्माता इन्द्र कुमारले निर्देशन गरेका हुन् ।

दिपावलीको अवसरमा सार्वजनिक भएको यस चलचित्रले एकै दिनमा सो कमाइ गरेको हो ।

‘थ्याङ्क गॉड’ लाई भूषण कुमार, कृष्ण कुमार, अशोक ठकेरिया, सुनीर खेतरपाल, दीपक मुकुट, आनन्द पण्डित र मार्कण्ड अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा यश शाह सह-निर्माताको रुपमा रहेका छन् ।

यो फिल्म अक्षय कुमार स्टारर फिल्म ‘राम सेतु’ सँगसँगै रिलिज भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्