
अफ्रिकी मुलुक नामिबियाका घाँसे मैदानहरूमा लाखौंवटा अनौठा गोला बनेका छन् ।
तिनको आकार दुईदेखि १० मिटर छ र तिनमा घाँस वा अन्य कुनै पनि वनस्पति भेटिँदैन ।
लगभग एक शताब्दीसम्म वैज्ञानिकहरूले ‘फेरी सर्कल’ भनिने यी गोलाहरूको उत्पत्तिका विषयमा आश्चर्य प्रकट गरिरहेका छन् ।
यी रहस्यमयी स्थानहरूका विषयमा दुईवटा सिद्धान्त बनेका छन् । पहिलो सिद्धान्तअनुसार, यी वृत्तहरू धमिराले बनाएका हुन् । अर्को सिद्धान्तअनुसार, घाँसहरू स्वयंले पानीको उपलब्धतालाई अधिकतम राख्नका लागि यस्तो व्यवस्था गरेका हुन् ।
एक नयाँ अध्ययनअनुसार, धमिरा भन्दा पनि वनस्पतिले पानीलाई दिएको दबाबका कारण यी वृत्तहरू बनेका हुन् ।
‘अनौठा किसिमका भौगोलिक संरचना बनाएर घाँसहरूले पानीको स्रोतको अधिकतम फाइदा उठाएका हुन् किनकि उनीहरूसँग बाँच्नका लागि अन्य कुनै उपाय छैन,’ एकजना अनुसन्धाताले बताए ।