०७ असार २०८३, आइतबार

ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित भए वामपन्थी नेता सिल्भा

कात्तिक १४, २०७९
ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित भए वामपन्थी नेता सिल्भा

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक चुनिएका छन् । 

निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । 

वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए ।

यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । 

पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।

कमेन्ट गर्नुहोस्