२० असार २०८३, शनिबार

‘झ्यालमा पर्दा छ’पछि खेम र सुमनको सहकार्यमा ‘किन ढाँटौला’

कात्तिक १७, २०७९
‘झ्यालमा पर्दा छ’पछि खेम र सुमनको सहकार्यमा ‘किन ढाँटौला’

दुई वर्षअघि खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा सार्वजनिक ‘झ्यालमा पर्दा छ’ बोलको लोकदोहोरी गीतलाई स्रोता दर्शकले औधी रुचाए । २ करोड बढी भ्युज पाएको उक्त गीतपश्चात खेम र सुमनको सहकार्य हुन सकिरहेको थिए । बिहीवार मात्रै उनीहरूको सहकार्य रहेको नयाँ गीत सार्वजनिक भएको छ । 

‘झ्यालमा पर्दा छ’पछि खेम र सुमनको स्वरमा ‘किन ढाँटौला’बोलको लोकदोहोरी गीत सार्वजनिक भएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको शब्द, खेमकै संगीत रहेको गीतलाई एरेन्ज भने विनोद बाजुरालीले गरेका हुन् । 

प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशनमा गीतको भिडियो तयार भएको छ । भिडियोमा ‘रम रम मरौती’ गीतका मोडल ओबी रायमाझी र अभिनेत्री रुबिना थापाले अभिनय छ । ओबी र खेमको पनि यो ‘रम रम मरौटी’पछिको सहकार्य हो । बुद्ध थापाको छायांकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपश्चात ‘सुमन थापा मगर’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्