
बेलायतबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।
यो घटना विमान दुर्घटनापछि पाइलट श्रीमान श्रीमती दुबैको ज्यान जोगिएको घटना हो ।
विशेष कुरा के छ भने दुवै जना ४० फिट अग्लो रुखको बीचमा फसेका थिए । यो दुर्घटनामा कसैको मृत्यु भएको छैन । तर, उद्धार कार्य लामो समयसम्म चलेको थियो ।
केन्टको रोचेस्टर एयरपोर्टबाट उडान भरेको केही समयपछि विमान जंगलमा दुर्घटनाग्रस्त भएको थियो ।
यो एउटा सानो विमान थियो र यसमा २ जना मात्रै सवार थिए ।
डेली स्टारको रिपोर्ट अनुसार अहिले घटनाको अनुसन्धान चलिरहेको छ ।
केही उडानहरू पनि अस्थायी रूपमा रोकिएका थिए ।