२८ जेठ २०८३, बिहीबार

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

कात्तिक १८, २०७९
चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
फाइल तस्वीर

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । 

उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा  बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसीनारायणको विधिवत रूपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खिरको भोजन चढाइन्छ । 

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक बिदा दिएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्